2026 August 21/ 04:29: 51pm

    धुलिखेल/कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार धुलिखेलमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा बीउ उत्पादन, व्यवस्थापन ः अवस्था तथा समस्या विषय अन्र्तक्रिया आयोजना गरेको छ । 
    काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा बीउ उत्पादन तथा ब्यवस्थापनमा भएका समस्या तथा अवस्थाका बारेमा कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बीउ, गुणस्तरीय बीउका बारेमा जानकारी दिदै कृषक र ब्यवसायीहरुले ध्यान दिनु पर्ने विषयमा प्रमुख दवाडीले जानकारी गराएका थिए । भ्रौण विरुवा, खाद्य पदार्थ र सुरक्षात्मक आवरण भएका परिपक्व ओभ्युल वा  यौनिक वा वानस्पतिक तरिकाले पुनरोत्पादन गरी बाली उत्पादन गर्नका लागि छर्ने वा रोप्ने काममा प्रयोग गर्न सकिने बीउ विजन वा बीज, गुणस्तरीय बीउ, बीउको जातीय शद्धता लगायतका विषयमा जानकारी गराईएको थियो । त्यस्तै बीउको भौतिक शद्धता, जीवित बीउ, बीउको उमारशक्ति, बीउको चिस्यान मात्रा, बीउको ओजस, बीउको स्वास्थ्य, बीउको चमकपन, बीउको तौल, बीउको आकार प्रकारमा ध्यान दिन दवाडीले अनुरोध गरे । 
    काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा १३ वटा सहकारी मार्फत बीउ उत्पादन भईरहेको छ । भकुण्डे कृषि बीउ विजन सहकारी संस्था लि.    नमोबुद्ध न.पा.–८ भकुण्डेबेसी काभ्रेले खुमल धान, आत्मनिर्भर बहुउद्देश्यीय सहकारी संस्था लि.पाँचखाल न.पा.–१० बेलाले खुमल धान र देउति मनकामना मकैको बीउ उत्पादन गरिरहेको छ । फुलचोकि बीउ उत्पादक कृषक समुह पनौती न.पा.–१ रयाले काभ्रेले देउती मनकामना मकैको बीउ उत्पादन गरिहेको छ । जोरसल्ला तरकारी बीउ उत्पादक सहकारी संस्था लि. नमोबुद्ध न.पा.–४ जोरसल्ला काभ्रेले तरकारी, आँसीखोला अर्गानिक कफि उत्पादक सहकारी संस्था लि.मण्डनदेउपुर न.पा.काभ्रेले खुमल धान, जोगिटार कृषि सहकारी संस्था लि. मण्डनदेउपुर न.पा.– १० काभ्रेले धान, पिंगडाँडा साना किसान कृषि सहकारी संस्था लि.सुनकोशी–२, सिन्धुपाल्चोकले मकै, ब्रम्मायाणी साना किसान कृषि सहकारी संस्था लि बलेफी–२, सिन्धुपाल्चोकले धान र मकै, ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि.मेलम्ची –९, सिन्धुपाल्चोकले गँहु,सुर्यमुखि साना किसान कृषि सहकारी संस्था लि मेलम्ची –१, सिन्धुपाल्चोकले धान, अभियान कृषि सहकारी संस्था लि.चौतारासाँगाचोकगढीले धान र मक, फुलबारी तरकारी बीउ उत्पादन सहकारी संस्था लि.सस्युर्खक–३ अमलटारी काभ्रेले तरकारी र धुर्मुसे बीउ उत्पादन कृषक समुह चौरीदेउराली ५ काभ्रेपलाञ्चोकले डव्लु के तथा स्वर्गद्वारी गंँहुको बीउ उत्पादन गरिरहेको छ । 
    बीउ आयातको अवस्था तथा त्यसको प्रयोगका बारेमा जानकारी दिदै प्रमुख कुलप्रसाद दवाडीले जिल्लामा गुणस्तरीय बीउ उत्पादनमा तीन तहकै सरकारको सक्रियता आवश्यक रहेको बताए । काभ्रेपलाञ्चोक जिल्लामा ११ हजार ५८ क्षेत्रफलमा ४३ हजार ३ सय ६९ मेट्रिक टन धान र २४ हजार ८ सय ७५ हेक्टरमा ८२ हजार ७ सय १७ मेट्रिक टन मकै र ८ हजार ८ सय ६८ हेक्टरमा २६ हजार ४ सय ८३ मेट्रिक टन गहुँ उत्पादन हुँदै आएको छ । काभ्रेपलाञ्चेक जिललमा ६४ हजार ३ सय ५४ हेक्टरका लागि २० हजार ९ सय ५८ मेट्रिक टन बीउ आवश्य पर्नेछ भने सिन्धुपाल्चोक जिल्लामा ६८ हजार ६ सय १० हेक्टरका लागि ९ हजार २ सय ७६ मेट्रिक टन विउ आवश्यक हुन्छ । जिल्लामा उत्पादन नभएका सबै बीउ आयात हुँदै आएका छन् । उक्त परिणाम धान, मकै, गहुँ, कोदो, जौ लगायतका १३ थरी बीउको मात्रै तथ्यांक हो । 
    कार्यक्रममा बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बेनु प्रसाद प्रसाईले गुणस्तरीय बीउ उत्पादन तथा विक्री वितरणमा ध्यान दिनु पर्ने विषय, कानूनी अवस्था तथा सचेतनाका विषयमा जानकारी गराएका थिए । बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रका प्रदेश राजन ढकाल लगायतले वीउ विजन सम्वन्धी भएका अवस्थाका बारेमा जानकारी गराएका थिए । 
    तरकारी उन्नत (मुला ४० दिने÷रायो मार्फा, खुमल चौडा÷सलगम लोकल÷चमसुर लोकल, ÷पालुङ्गो लोकल, धनीया कलमी÷काक्रो भक्तपुर लोकल, गाजर स्थानिय÷बकुल्ला स्थानिय÷सिमि चौमासे, मन्दिर केन्टुकी वगर÷राज्मा÷करेला स्थानीय÷बोडी स्थानीय, चिचिण्डा स्थानीय, लौका स्थानिय आदि) हाइव्रिड (केराउ आई १०, प्रो लाईन÷करेला पाली÷काउली सिल्मा, मास्टीक, स्नोमास्टीक, सिल्भरकप, ह्वाइटटप÷भेडेखुर्सानी गंगा, स्वीट पीपर, बक्सर÷धनीया कुटाली मान, लोटस÷गाजर कोरोडा÷मुला मिनोअर्ली, अलसिजन, वाइआर, ग्रीन वो÷प्याज नासिक÷गोलभेडा सृजना, डालीला, विएल÷फर्सि ग्रिनवल आदि) रहेका छन् । 
    जिल्लामा बीउ उत्पादन तथा व्यवस्थापन सम्वन्धि बीउ बिजन आत्मनिर्भर कार्यक्रम अन्र्तगत खाद्यान्न बाली प्रर्वद्धन कार्यक्रम, व्यावसायिक तरकारी प्रवर्दन कार्यक्रम, रैथाने बाली प्रवर्दन कार्यक्रम, मागमा आधारित कार्यक्रम, कृषि उद्यमशिलता विकास कार्यक्रम, बीउ उत्पादन कार्यक्रमा समावेश गरिएका क्रियाकलापहरु, उत्पादन सामाग्री, श्रोत उन्नत बीउ, सुरक्षित विषादी, सुक्ष्म खाद्य तत्व, यान्त्रीकरण, मिनिट्रिलरहरु, ज्याव प्लाण्टर, सिंचाइ, कुलो निर्माण तथा मर्मत, प्लाष्टिक पोखरी सिमेण्ट पोखरी निर्माण गरिएको छ । 
    उत्पादन पछि प्याकेजिंग सामाग्री, प्रशोधन उपकरणहरु, सुकाउने त्रिपालहरु, बीउ बाली निरीक्षण तथा बीउ परिक्षण गरिएको छ । उत्पादन सम्वन्धि समस्या श्रोत उन्नत बीउको अभाव, गुणस्तरिय बीउको अभाव, बीउको चक्र व्यवस्थापनमा समस्या, खडा बालीको निरीक्षणमा समस्या, हाइव्रिड प्रति कृषकको वढ्दो आकर्षण, सिफारिस क्षेत्रभन्दा बाहिर कारोबार, हाइव्रिड बीउको मागका कारण बीउ उत्पादक समुह सहकारीमा बीउ उत्पादन प्रति कम आकर्षण लगायतका समस्याहरु रहेका छन् । गुणस्तर नियन्त्रण एवं नियमनमा समस्या तथा अनौपचारीक एवं अवैध आयात भईरहेको छ  । कृषकले चिन्ने बीउ कानुनले चिन्दैन भने कृषकहरु आफै बैज्ञानिक बन्नु अर्काे समस्या रहेको छ । 
    सूचिकृत नभएका जातहरुको प्रयोग, जात एक, प्याकेजिंग अनेक, स्रोत नखुलेको बीउ कारोबार गर्ने प्रवृत्ति, नक्कली बीउको कारोबार, स्थानीय तहमा बाली निरीक्षकको अभाव, बीउ बजारको प्रभावकारी अनुगमन तथा व्यवस्थापन लगायतका समस्या छन् । तीन तहका सरकार विचको प्रयाप्त कार्यमुलक समन्वय सम्वन्धि नीतिको अभाव, स्थानीय र रैथाने जातहरुको संरक्षण संवर्दन एवं प्रवर्दन सम्वन्धि प्रभावकारी नीतिहरुको अभाव, प्राविधिक उपयुक्तताको आधारमा बीउ उत्पादन क्षेत्र निर्धारण एवं सोका लागि आवश्यक श्रोत साधन व्यवस्थापन गर्न नसकिएको, उपयुक्त जातहरु कृषकमाझ पुर्याउने कृषि प्रसार सम्वन्धि कार्यमा व्यवधान, वहुराष्ट्रिय कम्पनीबाट उत्पादित वर्णशंकर जातहरु संग प्रतिस्पर्धा गर्न सक्ने बर्णशंकर जात विकास गर्नका लागि अनुसन्धान र विकासमा यथेष्ट मात्रामा वजेट व्यवस्थापन गर्न नसकिनु, अनुसन्धानमा अप्रयाप्त लगानी ÷बैज्ञानिकलाई उत्प्रेरित गर्न नसकिनु, हाइव्रिड मात्र बीउ हो भन्ने भ्रम व्याप्त, नीजि क्षेत्रलाइ पुर्ण रुपमा विश्वाशमा लिइ बीउ बिजन क्षेत्रमा आकर्षित गर्न नसकिएको लगायतका नीतिगत समस्याहरु रहेका छन् । 
    वजारीकरणमा समस्या रहेको छ भने बीउको मुल्यमा समस्या छ । बीउको अस्वाभाविक मूल्य वृद्धि, बीउको आपूर्तिमा बढ्दो परनिर्भतरता, व्यवसायीको ब्यापरिक पोलेसी, स्वदेशीको जातको बीउ उत्पादन अपेक्षाकृत रुपमा संचालन हुन नसक्नु (बीउ चक्र, श्रोत बीउको उपलब्धता), निजी क्षेत्रको बीउ उत्पादन लागत उच्च, प्रतिस्पर्धा गर्न कठिन, हाइव्रिड मात्र बीउ हो भन्ने भ्रम व्याप्त रहेका छन् । संघियता पछिको कृषि क्षेत्र– आन्तरिक उत्पादनसँग सम्बन्धित बीउ बिजन क्षेत्र धरासायी, निजी क्षेत्र उत्पादनमा भन्दा आयातमा बढि केन्द्रित, स्वदेशी जातहरुको बजारीकरणमा समस्या, नेपालको बीउ क्षेत्र प्रतिस्पर्धी बन्न नसक्नु (पूर्वधार, जनशक्ती, वजार आदिका कारण), न्यून बीउ÷जात प्रतिस्थापन दर र स्वदेशी जात प्रवद्र्धनका लागि कुनै पनि तहका सरकारबाट स्पष्ट कार्ययोजनाको अभाव रहेको छ । वहुराष्ट्रिय कम्पनीका जातहरुलाई समेत अनुदान दिने होड तथा कानूनको अभावमा कृषकका जातहरुको संरक्षण तथा कृषक अधिकार तथा स्वामित्व कायम गर्न समस्या रहेको छ ।