२०७५ साल जेठ ५ गते शनिवारको दिन । सबेरै कुखुराको भाले बास्नु अघि नै मेरो आँखा उघारिए । मोबाइलको आल्रम घन्टीले ४ बज्यो भन्दै थियो । म उठेर, दातँ माँझे । सबैभन्दा पहिला नेपाल तामाङ समाजका अध्यक्ष पेमा तामाङलाई फोन गरे । मेडिकल टिमका स्टाफ नर्सलाई फोन गरेर तयारी रहन भनें । हाडजोर्नी डाक्टर डा अशिमलाइ फोन गरे । डा.बाल गोविन्द सरलाई फोन गरे । हेल्थ असिस्टेन्ट जगन्नाथ सरलाई फोन गरेर तयारी अवस्थामा रहन भनें । तयारी अनुसार सामाखुसी चोकबाट ५ बजे नै आयोजक सहतिको टिमलाई लिएर जाने गरी निस्कियौ । बेलुका नै गाउँपालिकाका प्रमुखसंँग थप सवारी साधनका बारेमा ब्यवस्थापनको कुरा भएको थियो । १३ जनाको मेडिकल टिम सहित हामीले यात्रा प्रारम्भ गरेका थियौं ।
प्रारम्भिक सूचनामा त्यहाँ ५ सय देखि ७ सयसम्म भन्दा धेरै बिरामीहरुको संख्या हुन सक्छ । त्यहि सूचनाका आधारमा मेडिकल टोली र औषधिको ब्यबस्था गरेका थियौं । ५ बजे नै पेमा दिदि र पुजा सिस्टरलाइ पिक अफ गर्नु पर्नेमा त्यो सम्भव भएन । साढे ५ बजे उहाँहरु सामाखुशीबाट हिड्नु भयो । म उहाँहरुलाइ बनस्थलीमा करिब एक घण्टा अघि देखि नै कुरीरहेका थिए । केहि छिन पछि उहाँहरु भेट्दा बजि सकेका थिए अनि आँखाको डाक्टरलाइ पिक अफ गर्न कालीमाटी पुग्यौं । काठमाडौमा ६ बजेर १५ मिनेट गईसकेको थियो । सुबिन्द्र भाईलाई पिक अप गरिसकेपछि जावलाखेल जम्सखेल तिर हुँदै डा अशिमलाइ पिकअप गर्नका लागि । केहि छिनको प्रतिक्षा पछि हाम्रो जिप एयरपोर्ट तिर लाग्यौं । बबिता सिस्टरलाइ पिक अप गरेर हामी हाम्रो यात्रा कोटेश्वर लाग्यौं । त्यहाँबाट सबै जनाको ब्यवस्थापन पछि हामी अरनिको राजमार्ग भक्तपुर हुँदै बनेपाबाट पनौती पुग्यौं । पनौती पुगे पछि राजगोपाल, रञ्जन, अनि श्याम सरलाइ ढुंर्खक बसपार्कमा भेटिए । पनौतीमा पनि हामीले धेरै साथिहरुलाई कुराई राखेका थियौं । हामीले दिएको समय भन्दा धेरै ढिला भएकाले उनिहरुलाई पनि असहज भएको थियो । तर पनि सहज बनाउने गरी हाम्रो यात्रा अघि बढ्यो ।
ढुंखर्कसम्मको यात्रामा थपिएका साथीहरुसँग कार्यक्रमका बारेमा छलफल हुँदै थियो । खानीखोला गाउँपालिकाका प्रमुख पनि त्यहि आईपुग्नु भयो । केहि समयको भलाकुसारी पछि हामी सवारी साधन र जाने ब्यक्तिहरुको ब्यवस्थापन सहित यात्रा प्रारम्भ गर्ने निर्णय ग¥यौं । जिल्लाको विकट गाउँपालिका खानिखोला जाने यात्रा तय भयो । स्वास्थ्य शिविर हुने स्थान महादेवटारमा भेट्ने निर्णय अनुसार हाम्रो यात्रा ढुंखर्क हुँदै च्याल्टि तिर हाम्रो टोली लग्यो । बिहानको नास्ता गेल्ढुङ्ग बजारमा भयो । च्याल्टिमा केहि बेर आराम पछि हामी डाँडापारी स्वास्थ्य शिविर हुने स्थानको यात्रामा निस्कियौ । बाटो कतै कतै बिग्रेको थियो । पहाडै पहाड भएको स्थान । भिर नै भिर थियो कतै । कतै जंगल नै जंगल थियो । ओरालो उकालो पनि त्यस्तै थियो । फलामेटार नजिक पुग्ना साथ हामी चढेको सवारी साधन हिलोमा अड्कियो । सबै जनाको प्रयासले त्यसलाई धकेलेर निकाल्यौ । फलामेटार आई पुगेपछि हामीलाइ थाहा भयो पहिरोका कारण बाटो अवरोध भएकाले त्यो भन्दा अघि गाडी जान सक्दैन । हाम्रो गाडी रोकेको ठाउँबाट शिविर आयोजना गरिएको स्थानमा पुग्न अझै दुई घण्टा लाग्छ । केहि साथीहरु आत्तिन थालिसकेका थिए । कार्यक्रम समय अनुरुप गर्न नसके पनि सेवा गर्छु भनेर आए पछि ढिला नै भए पनि ग्रामिण भेगबाट आएका नागरिकहरुको स्वास्थ्य परिक्षण गराउने रहर पुरा गर्ने मेरो अठोट कायम नै रह्यो । स्वास्थ्य शिविर गरेर छाड्ने जिकिरबाट मैले हार खाईन ।
कोलडाँडा पुग्दा १२.१५ बजिसकेको थियो । स्वास्थ्य शिविर त जसरी पनि गर्नु पर्छ भन्दै म र श्याम भाई २५ किलोको औषधिको भारि बोकेर स्वास्थ्य शिविर हुने स्थान महादेवटार हिड्यौं । हाम्रो टिम तिन समुहमा बिभाजित भयो । पहिलो समुह गाउँपालिका अध्यक्षसँग, दोश्रो समुह नेपाल तामाङ समाजको पेमा दिदिको साथमा, त्यस्तो मेरो समुहमा श्याम भाई र म । भोक कष्टको महसुस नगरिकन हामी शिविर हुने ठाउँ तिर हिट्दै जाँदा आनन्द पनि आईरहेको थियो । ओरालो बाटो जति हिँडे पनि हाम्रो गन्तब्य स्थान आउदै आउदैन थियो । असिन पसनि । थकान, भोक र प्यासको कुरा गरी साध्य नै थिएन । ओरालो हिडेंको डेड घण्टा पछि स्वास्थ्य शिविर हुने ठाउँमा आइपुग्यौं । महादेवटार पुग्ना साथ केहि बेरको पछि आराम पछि स्वास्थ्य शिविरका लागि आवश्यक जाँच गर्ने, औषधि वितरण गर्ने लगायतका पुर्वाधारको खोजी गरियो । नेपाल तामाङ समाजका अध्यक्ष पेमा आधा बाटोबाट नै फर्केको खवर आयो । त्यो खवरले केहि बेर खिन्न पनि गरायो । मेडिकल टिमका साथीहरु पछि पछि आउँदै थिए । बाटोमा हिडँ्दा हिडँ्दै खानाको व्यवस्था गरिएकाले फलामेटारमा साथीहरुले गर्नु भएको ब्यवस्थापन अनुसार खाना खायौं । स्थानीय संस्कार र सत्कार अनुसार लोकल कुखुरा काटिएको रहेछ । स्कुलमा पुग्दा त्यति धेरै मान्छेहरु थिएनन । हामी पसिनाले पसिनाले निथु्रक्क भिजिसकेका थियौं । शुरुमा पानी पिए । अनि केहि बेर आराम गरे । अनि कोठाहरु मिलाउन थाले । एक जना दुइ जना हुँदै बिरामीको संख्या बढ्दै जान थाल्यो । नाम दर्ता शुरु भयो । प्रत्येक कोठामा हरेक रोगका बारेमा जाँचको कोठा भनेर नाम टास्न थाल्यौं । औषधिको वितरण कोठाको ब्यबस्था भए पछि सहभागिहरुलाई सहज भयो । केहि समय पछि बाँकी साथीहरु असिना पसिना गर्दै आएको देख्दा खुशी लाग्यो । दुख पनि । खुशी यो मानेमा कि मेरो अभियानलाई साथ दिएकोमा । अनि दुख यो मानेमा कि कहिले हिड्दै नहिडेका साथिहरुहरुले पनि दुखका साथ हिडेर विकट स्थानमा पुग्नु प¥यो । मेडिकल टिम सबै जनालाई स्थानीय महिलाहरुले गरेको स्वागत र सम्मानको बयान गरी साध्य छैन । उक्त सम्मान पाउँदा ओरालो बाटोमा हिंडेको दुख सबै बिर्सन पुगेका थियौं । क्षणिक सुख बिर्सिन सकिएला । दुख गरेर गरेको महान समाज सेवा कहिले भुल्न सक्दैन भन्ने बिश्वाश थियो । केहि समय आराम गरि सके पछि राम्रो खानपिन गरे । बिहान देखिको भोक मेटाए ।
करिव साढे दुइ घण्टा ओरालो अनि चार घण्टा उकालो लागेर आयोजना स्वास्थ्य शिविरको अविश्मरणीय क्षण । हाम्रो स्वास्थ्य शिविर शुरुवात गर्न थाले । शिविर लगभग आधा भए पछि जगन् नाथ सरको टोली आईपुग्यो । स्वागत पछि आराम अनि खानपानको कार्यक्रम पछि उहाँहर पनि शिविरमा जोडिनु भयो । लगभग ४ सय जना भन्दा बिरामीमा १ सय ६० जना बिरामीको आँखाको जाँच, ६० जनाको हाड जोर्नी दुखाईका बिरामीको जाँच, ४० जना बिरामीको पाठेघर सम्बन्धिको जाँच र ६० जनाको साधारण स्वास्थ्य जाँच सम्पन्न भयो । १२ जना भन्दा धेरैमा आँखामा मोतिया बिन्दुको समस्या भएको जानकारी भयो । प्राय जसो विरामीहरुमा हाड जोर्नीमा दुखाईको अनि आङ्घ खस्ने समस्या भएका महिलाहरु पनि भेटिए । हामीलाइ सहयोग गर्नका लागि केहि महिला स्वयमसेविकाहरुको सहभागिता रहेको थियो । हामीलाइ सहयोग गरे बापत उहाँहरुलाई पनि केहि भत्ता रकम वितरण गरियो । केहि छुटफुट वर्षा पर्न थाले पछि बरिष्ठ डाक्टरहरु त्यहाँबाट बिदा हुनु भयो । उहाँहरुलाई भब्य स्वागतका साथ विदाई गर्ने योजना थियो । उहाँहरुलाई त्यो पानीले असर पर्छ कि भन्ने चिन्ता थियो ।
म र अन्य साथीहरुले केहि बाँकी रहेका जनरल बिरामीहरु चेक अफ गर्न थाल्यौं । हाम्रो उदेश्य यो पनि हो कि शिविरमा आउने आफ्नो समस्या अनुसारको उपचार प्राप्त गरुन भन्ने पनि हो । शिविर समापन कार्यक्रम शुरु भयो । कार्यक्रममा बिद्यालय परिवार र महादेवटारवासीले हाम्रो कार्यक्रम सफल भएको र बिरामीले उचित उपचार र सेवा पाएकोमा खुशी ब्यक्त गरे । कार्यक्रममा बिद्यालय परिवारलाई धेरै धेरै धन्यबाद ब्यक्त गरे । म, आयोजक अनि मेडिकल टिमको तर्फबाट हामीले पनि आभार ब्यक्त ग¥यौं । नेपाल तामाङ समाज र कान्छीमाया तामाङ फाउण्डेशनबाट आयोजित कार्यक्रममा प्राथमिक उपचारको सामाग्री महादेवटार बिद्यालय र महादेवटारवासीलाई प्रदान गरियो । मायाको चिनो बाँढ्ने अनि सम्पूर्ण महादेवटारवासीहरु र हाम्रो मेडिकल टिमहरुलाई हाम्रो स्वास्थ्य शिविर सफल पार्दिनु भएकोमा धन्यबाद ज्ञापन प्रदान गर्ने कार्यक्रम सम्पन्न भयो ।
क्षणीक सुख त सबले बिसर्न सक्ला, दुख कहिले बिर्सन सक्दैन । हाम्रो छोटो – मिठो कार्यक्रम पछि आफ्नो समान प्याक गरि हाम्रो साथीहरु बस्ने ठाउँ कोलडाँडातिर लागे । रातको समयमा काँधमा औषधिको भारि बोक्दै कुनै भोक प्यास नभनिकन एकदम ठाडो उकालो एउटा टर्च बत्तिको भरमा हामी उकालो तिर चढ्न थाले । करिब ३ घण्टा हिँडे पछि हामी हाम्रो सम्पूर्ण साथीहरु एक ठाउँमा जमघट हुँदा खुशी लाग्यो । राति समाजमा गाउँको तिनपाने रक्सीको साथमा केहि रमाईला पलहरु, मनोजको समाचार वाचन, अन्य साथिहरुको विभिन्न गतिविधिहरुका साथ हामी फर्कियौं । राति २ बजे तिर सुत्ने तरखर ग¥यौं । बिहानै ५ बजे तिर आलश्य जिउ हुँदा–हँुदै पनि खाजा नास्ता खाएर हामी हाम्रो घर तिर लागे । म र मेरो सम्पूर्ण साथीहरु हिजो २ घण्टा ओरालो अनि ४ उकालोले त पुरै गलिसकेको सकेको महसुस गरिरहेको थियो । मलाई झन् रुघा खोकीले सताएको थिए ।
हाम्रो जिपमा मान्छेहरु नअटेर राजगोपाल, जगननाथ, राजन, जुनसँगै आएका साथीहरुलाइ माथी कोलडाँडामा नै छोड्नु परेकोमा चिन्ता थियो । मन खिन्न थियो । प्रतिकुल बाबजुत आयोजना गरिएको स्वास्थ्य शिविर सम्पन्न गरि फर्किएकोमा खुशी पनि थियो । दुख विर्साउने गरी नागरिकहरुको अनुहारमा आएको क्रान्तिले झनै खुशी तुल्यायो । फाउण्डेशनको उदेश्य, चाहना र लक्ष्य पुरा गर्न सहयोग गर्नु भएकोमा सम्पूर्णमा आभार । त्यो क्षण, त्यो भोगाई र त्यो अनुभुति आजसम्म पनि ताजा नै छ । त्यसबाट थप अनुभव लिँदै देशका विभिन्न स्थानमा हामीले थुप्रै अभियान चलाएका छौं । सम्पूर्णलाई अभियानमा जोडिन अनुरोध गर्दछु ।
डा.दिलबहादुर तामाङ
धुलिखेल, काभ्रे









