2026 August 23/ 11:06: 01am

            बनेपा/काभ्रे जेसिज, काभ्रे महिला जेसिज र बनेपा जुनियर जेसिजको संयुक्त आयोजनामा ‘हाम्रो वातावरण हाम्रो दायित्व’ शिर्षकमा जिल्ला ब्यापी बक्तृत्वकला प्रतियोगिता बनेपाको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सम्पन्न भएको छ । 
            प्रतियोगितामा नेपाल प्रहरी मावि साँगाका इशान देब कार्की, दोस्रो बालबाटिका विद्या मन्दिररकी अदितिया अधिकारी र तृतिय शिक्षा सदन माविकी प्रतिक्षा श्रेष्ठ रहेका छन् । प्रतियोगितामा ३३ जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा विजेतालाई कार्यक्रमका प्रमुख अतिथी काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष तथा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप बैद्यले पुरस्कार वितरण गरेका थिए । प्रमुख अतिथी बैद्यले जेसिजले समुदायमा विविध सामाजिक कामहरु गर्दै आएको र यसलाई निरन्तरता दिन अग्रह गरेका थिए । उक्त प्रतियोगिताले विद्यार्थीहरुको क्षमता, नेतृत्व विकासमा थप मद्दत पुग्ने र पढाईसँगै अन्य ज्ञानको समेत विकास हुने बैद्यले बताए । कार्यक्रममा काभ्रे जेसिजका अध्यक्ष रिकेश सैजु, पूर्व अध्यक्षद्धय ईन्द्रनारायण भैल, ईश्वरी बादे, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक निर्जन गौतम, बनेपा जुनियर जेसिजकी अध्यक्ष सुष्टी श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमकी सभापति तथा काभ्रे महिला लेडिज जेसिजकी अध्यक्ष सविता बज्राचार्यले वर्ष २०२४ का समुदायमा जेसिजका कार्यक्रमहरुमा उक्त प्रतियोगिता छैटौ भएको बताईन् । जेसिजले समुदायमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बज्राचार्यले बताईन् । कार्यक्रम सञ्चालन काभ्रे महिला जेसिजकी महासचिब रविना सेवाचार्यले गरेकी थिईन् ।