2026 August 23/ 11:05: 56am

एक वर्षको अवधीमा प्रहरीले समुदायसँगको साझेदारीमा ६ सय ४८ वटा कार्यक्रम संचालन गरेको छ । जसमा करिब २० हजार नागरिक सहभागी भएका छन् । 

मोतीराम तिमल्सिना
धुलिखेल

    नेपाल प्रहरीले अपराध न्युनीकरण गर्ने उद्देश्यले केहि वर्ष देखि समुदाय–प्रहरी साझेदारी कार्यक्रम संचालन गरिरहेको छ । जिल्लामा संचालित १७ वटा विषयका ६ सय ४८ कार्यक्रम गरेको छ । सोहि कार्यक्रम मार्फत करिब २० हजार नागरिक प्रशिक्षित भएको प्रहरीले बताएको छ । सहभागीहरुलाई प्रहरीले आधारभूत सुरक्षा, मानव बेचविखन, लैङ्गिक हिंसा, घरेलु हिंसा, सेफ्टिपिन, आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यक्रम छन् । 
    त्यस्तै लागु औषध निषेध र घरेलु हिंसा, जातीय छुवाछुत तथा भेदभाव, महिला बालबालिका तथा जेष्ठ नागरिक माथि हुने हिंसा, बालविवाह, दाईजो प्रथा, छाउपडी, बोक्सी आरोप तथा सामाजिक विकृति नियन्त्रण, नागरिक सुनुवाई, सडक सुरक्षा, स्वास्थ्य शिविर, विपत ब्यवस्थापन तथ आगलागी, सरसफाई, साईबर सुरक्षा, चोरी, आत्मरक्षा, प्रहरीसँग एकदिन, जेष्ठ नागरिकसँग अन्र्तक्रिया, जबरजस्ती करणी, बालयौन दुब्र्यवहार सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । लागु औषध निषेध र घरेलु हिंसा सम्बन्धि सचेतनामूलक कार्यक्रम ८५ वटा भएका छन् । जबरजस्ती करणी, बालयौन दुब्र्यवहार सम्बन्धी सचेतनामूलक कार्यक्रम ७१ वटा गरिएका छन् । आत्महत्या सम्बन्धि सचेतनामुलक कार्यक्रम ५८ वटा भएका छन् । जिल्लामा पछिल्लो समय आत्महत्या, जर्बजस्तिकरणी, यौन दुब्र्यवहार सम्बन्धीका अपराध बढिरहेको तथ्य सहित प्रहरीले जिल्लाका विभिन्न स्थान, विद्यालय, सामाजिक क्षेत्रहरुमा समुदायसँग समन्वयमा कार्य गरिरहेको प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताए । 
    जिल्लामा घरेलु हिंसाका घटनामा बृद्धि भएको छ । विभिन्न कारण हिंसामा पर्ने क्रम बढेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरी कार्यालयमा निवेदन दिएर मिलापत्र हुन नसेको केहि घटना अदालतमा पुगेका छन् । उजुरी परेका मध्ये केहि कारवाहीको प्रकृयामा रहेका छन् । जिल्लाको तथ्यांकमा काभ्रेमा ६ सय १७ वटा घरेलु हिंसाका घटना भएका छन् । मानसिक, शारिरीक, आर्थिक र यौनजन्य घटनामा वृद्धि भएको प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताईन् । जिल्लामा घरेलु हिंसाका फरक फरक प्रकार थिए । घरेलु हिंसा ६१७, मानसिक २९६, शारिरीक १७६, आर्थिक ८७, यौनजन्य ३८, अन्य २० वटा रहेका छन् । जिल्लामा पालिकागत रुपमा भएका अपराधको प्रहरीले विश्लेषण गरेको छ । धुलिखेल १३१, बनेपा १०२, पाँचखाल ७६, पनौती ५९, नमोमुद्ध ३६, मण्डनदेउपुर २४, भुम्लु २९, चौरीदेउराली ३२, तेमाल १२, रोशी ३८, बेथान्चोक १३, महाभारत ८, खानीखोला ५ वटा गरी ७ सय ५ वटा अपराधका मुद्दा दर्ता भएका छन् । सबैभन्दा कम खानीखोला र सबैभन्दा धेरै धुलिखेलमा मुद्दा दर्ता भएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिकहरु हराउने क्रम पनि बढेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ४२ जना हराएकोमा सबै फेला परेका थिए । आर्थिक वर्ष २०७९/०८० मा १ सय ७६ जना हराएकोमा १ सय ६७ जना फेला परेका थिए । १० जना फेला परेका थिएनन् । 
    त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा १ सय ९० जना हराए । १ सय ७६ जना फेला परेका छन् । १४ जना नागरिक अझै बेपत्ता भएका छन् । हराउनेहरु मध्ये तीन वर्षमा २ सय ९९ महिला, ३६ बालक, १ सय ५६ बालिका, १ सय ३३ पुरुष र २४ जना जेष्ठ नागरिक छन् । महिला २ सय ९४ फेला परेका छन् । ५ जना महिला अझै बेपत्ता छन् । एक जना बालक बेपत्ता छन् । २ जना बालिका बेपत्ता छन् । १३ जना पुरुष बेपत्ता छन् । २ जना जेष्ठ नागरिक बेपत्ता छन् । ६ सय ४७ हराएकोमा ६ सय २४ फेला परेको प्रहरीले बताएको छ । अझै २३ नागरिक अझै बेपत्ता छन् ।