धुलिखेल/चैत्र–बैशाख महिनामा जिल्लाका विभिन्न पालिका तथा नेपालका विभिन्न स्थानमा आगलागीका घटनाहरु धेरै भए । कतै जनधनको क्षति भयो भने कतै धनको क्षति धेरै भयो । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा एक युवकले आगो निभाउने क्रममा ज्यान गुमाए । अधिकांश पालिकाका वन तथा पाखाहरु र बस्तिहरुमा समेत आगजनीका घटना भए । नियन्त्रणमा लिनै नसक्ने गरी रोशी गाउँपालिका वडा नम्वर ४ सानोपोटामा फैलिएको आगोका कारण १७ घर पूर्ण रुपमा खरानी भए । लार्पवाही पूर्ण रुपमा आफ्नै बारीमा लगाएको आगोले बारीको पुरानो पतिङ्गर मात्रै जलेन सिंगो बस्ति जल्यो ।
४३ बर्षिय प्रेम तामाङको ५५ लाख ८० हजार । २० लाखको घर, गोठ, शौचालय, पुरानो पैसा १५ लाख, १५ लाखको गहना समेत जलेर नष्ट भएको थियो । ३१ बर्षिय प्रशान्त तामाङको ३९ लाख ५८ हजार । घर, गोठ, पसल, नगद २ लाख ५० हजार, मेशिन, कुखुरा, अन्नपात, लत्ताकपडा सहित जलेका थिए । आगोलागीका कारण बस्तिका सबै घर पूर्ण रुपमा जलेर नस्ट भए । अन्नपात, लत्ताकपडा जल्यो । शौचालय, फर्निचर लगायतका सामाग्रीहरु जले । घरसँग जोडिएका सामिप्यता सहितका सामाग्रीहरु एकै छिनमा खरानी हुन पुगे । १५ परिवारको ३ करोड ५४ लाख क्षती भएको सर्जिमिन मुचुल्कामा उल्लेख छ । आगोको मुल श्रोत, आगो लगाउने ब्यक्ति र त्यसको कारण पत्ता लगाउँदै पक्राउ परेकालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले ३ लाख रुपैया धरौटीमा रिहा गर्न आदेश गरेको छ । तर प्रहरीले मुद्दा दर्ता गर्ने क्रममा २ करोड ५० लाख रकम बराबरको सम्पती क्षति भएको दावी गरेको छ । उनी असार ११ गते रिहा भएका छन् । उनकै घर पनि सोहि कारण जलेर खरानी भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानी–जानी आगो लगाउने, अन्जानमा आगजनी गर्ने ब्यक्तिहरुको पहिचान गरेर केहि स्थानबाट ब्यक्तिहरुलाई पक्राउ ग¥यो । केहि स्थानमा ब्यक्ति स्वयम घाईते भए । तर पनि प्रहरीले उनिहरुलाई कारवाहीको दायरामा ल्यायो । मण्डनदेउपुर, पनौती कुशादेवी र रोशीमा भएका आगलागीका घटनामा प्रहरीले केहि ब्यक्तिलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । ति मध्ये रोशीको घटनामा धेरै क्षति भएको थियो । सामुदायिक वन तथा नीजि क्षेत्रका वनहरुमा लागेको आगोबाट करोडौको काठपात, बन्यजन्तु, वन क्षेत्रमा पाईने जडिबुटी र धनजनको क्षति भएको डिभिजन बन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख केवी थापा मगरले बताए । जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले प्रहरीले आगलागी गर्नेहरुको पहिचान गरी कारवाही गरेको बताईन् । रोशीको घटनामा पनि च्याङवा ताई भन्ने मानबहादुर तामाङले आफ्नै बारीको डिलमा रहेको अम्रिसोको झाँडीमा आगो लगाउने क्रममा सो आगो अत्याधिक हावाहुरीका कारण फैलिएर बस्तिमा पुगेको थियो । नियन्त्रण बाहिर गएका कारण बस्ति सबै जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला न्यायाधीश व्श्विनाथ भट्टराईको इजलासले २०८१ असार ११ गते च्याङवा ताई भन्ने मानबहादुर तामाङलाई तत्काल थुनामा राखी मुद्दा पुर्पक्ष गर्नु पर्नेसम्मको अवस्था देखिन आएका अवस्था देखाउँदै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ को अवस्था अनुसार दफा ७२ का आधारमा दफा ६८(१) बमोजिम ३ लाख धरौटी लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका छन् । रोशी ४ सानोपोटा भित्रमा पश्चिमदेखि पुर्वतर्फ प्रेम तामाङ, रामबहादुर तामाङ, सत्यलाल तामाङ, तिर्थलाल तामाङ, प्रेम तामाङको अर्काे घर, धनकाजी तामाङ, च्याङवा ताईको घर, अनिल तामाङ, तिर्थलाल तामाङको अर्काे घर रहेकोमा सो घरहरु सबै आगोलागीबाट क्षति भएका थिए ।
कसको कति क्षति भएको थियो ?
३९ बर्षिय पहलबहादुर तामाङको १५ लाख रुपैयाको घर, १ लाख रुपैयाको गोठ, भान्सा घरको ५० हजार, शौचालयको ४० हजार, फर्निचर, लत्ताकपडा, भाँडा वर्तन र अन्नपात समेत गरी ३ लाख समेतको जम्मा १९ लाख ९० हजार रुपैया क्षती भएको छ । ५६ बर्षिय तामाङको घर १३ लाख, गोठ ५ लाख, शौचालय ५० हजार, १ तोलाको सुनको तिलहरी, पुरानो सिक्का पैसा ५ सय थान गरी ४ लाख अन्य सामाग्री समेत गरी ३० लाख बराबरको क्षती भएको छ । ६१ बर्षिय धनकाजी तामाङ घर २० लाख, गोठ २ लाख, अन्य सामानहरु समेतको ४ लाख गरी कुल जम्मा ३० लाख रकम क्षती भएको छ । साथै धनकाजीको घरमा रहेको घलान टोल सुधार समितिको ७ लाख बराबरको सामाग्री क्षती भएको छ । ६३ बर्षिय सत्यलाल तामाङको घर १५ लाख, गोठ ५ लाख, शौचालय ५० हजार अन्य सामानको ५ लाख गरी कुल २५ लाख ५० हजार क्षती भएको छ ।
त्यस्तै २९ बर्षिया सानुमाया तामाङको घरको १३ लाख, गोठको १ लाख, शौचालय ३० हजार र अन्य सामानको ३ लाख गरी जम्मा १७ लाख ३० हजार रुपैया क्षती भएको छ । साईली तामाङको १५ बर्षिया छोरीको घरको १३ लाख, गोठको १ लाख, शौचालयको ३० हजार र अन्य अन्नपात लगायतका सामाग्रीको समेत गरी कुल १७ लाख ३० हवार क्षती भएको छ । ५० बर्षिय पदमबहादुर तामाङको घरको १० लाख, नगद पैसा १ लाख ५० हजार, पुरानो तामाङ फलामको सिक्का १०० थान, पुरानो घरको १ लाख, अन्य सामानको १ लाख ५० हजार, धामीझाँक्रीको सामान ५० हजार गरी २६ लाख रुपैया क्षती भएको छ । ३२ बर्षिया सुस्मिता तामाङको ११ लाख ५० हजारको घर गोठ, शौचालय, फर्निचर लगायतका सामाग्री । ५४ बर्षिय च्याङवा तामाङको गोठ, गोठमा भएका सामान लगायत गरी १ लाख ९० हजार रुपैया । सुकमान तामाङको ३२ बर्षिया श्रीमती माया तामाङको १२ लाख ८० हजार । २३ बर्षिया अनिता तामाङको १७ लाख ८० हजार । ४३ बर्षिय प्रेम तामाङको ५५ लाख ८० हजार । २० लाखको घर, गोठ, शौचालय, पुरानो पैसा १५ लाख, १५ लाखको गहना समेत जलेर नष्ट भएको थियो । ३१ बर्षिय प्रशान्त तामाङको ३९ लाख ५८ हजार । घर, गोठ, पसल, नगद २ लाख ५० हजार, मेशिन, कुखुरा, अन्नपात, लत्ताकपडा सहित । ४८ बर्षिय रामबहादुर तामाङको २० लाख ८५ हजार । घर, गोठ, शौचालय, अन्य सामान सहित पुरानो पैसा २ लाख, नगद ५५ हजार समेत । ३१ बर्षिय छेसाङ तामाङको १९ लाख ५० हजार । कुल जम्मा– ३ करोड ५४ लाख ३५ हजार रुपैयाको क्षती भएको छ ।









