2026 August 22/ 09:22: 56am

    बनेपा/नेपाल सोतोकान काराँते संघको आयोजनामा आगामी असार ७ र ८ गते काठमाडौ विश्वविद्यालय धुलिखेलको कबर्ड हलमा छैटौ इन्डो नेपाल फ्रेन्डसीप सोतोकान कराँते च्याम्पियनसीप (अन्तराष्ट्रिय स्तरीय) प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले गर्नेछन् । 
    प्रतियोगिताका बारेमा जानकारी दिँदै केन्द्रीय संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठले यसअघिका प्रतियोगिताहरु विभिन्न स्थानमा आयोजना गरिएको थियो । पाँचौ प्रतियोगिता दशरथ रंगशालामा आयोजना गरिएको थियो । २०५४ सालमा स्थापित उक्त संघले ४९ जिल्लामा शाखा गठन गरेको छ । प्रतियोगितामा छिमेकी देश भारतको २५ वटा प्रान्तबाट छनौट गरिएका २ सय ५० जना र नेपालका ४९ जिल्लाका ३ सय ५० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । सार्क एशियाली र ओलम्पिक जस्ता ठुला खेलहरुलाई टेवा पु¥याउने उद्देश्यले दुई देश बीचका खेलाडीहरु मार्फत राष्ट्रहरुको भाईचारा सम्बन्ध स्थापित गराउने र जिल्लाको खेल पर्यटन क्षेत्रको विकासका लागि प्रचारात्मक सहयोग पु¥याउने उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।
    प्रतियोगितामा मिनी सब जुनियर ५ वर्ष देखि ९ वर्षसम्मका १५ केजी देखि ३५ केजी तौल सम्मका केटा र केटीहरुले अलग अलग, ब्यक्तिगत रुपमा प्रतिस्पर्धा गर्नेछन् भने सब जुनियर १०–१२ वर्षसम्मकाले २५ केजी तौल समुह देखि ५० केवी तौल समुहकाले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै १३ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि ४० वर्ष र खुल्ला रुपमा पनि प्रतिस्पर्धा गर्न सक्नेछन् । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने भए पनि संस्थाकै पदाधिकारी तथा विभिन्न संघ सस्था मार्फत जुटाउने गरी गरी तयारी गरिएको श्रेष्ठले बताए । 
    प्रतियोगिता सम्पन्न गर्न फडिन्द्रप्रसाद जंगम संयोजक रहेका छन् भने बुद्धिमान स्याङतान रहेका छन् । त्यस्तै दिना श्रेष्ठ सदस्य सचिव छन् । विद्यान जोशी, प्रमोद अधिकारी, धनेन्द्रकुमार श्रेष्ठ, जय केसी, संजय लामा, सुनिता शाही संलग्न रहेको मुल समारोह समिति गठन भएको छ । उक्त संघ अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याती कमाएको संस्था हो ।