अशोक ब्याञ्जु
अध्यक्ष
नेकपा एमाले काभ्रेपलाञ्चोक
समृद्ध काभ्रेली नमुना काभ्रेको अवधारणालाई मुर्तरुप प्रदान गर्न नेकपा एमालेले निरन्तर पहलकदमी गरिरहेको छ । दिगो विकासको अवधारणा अनुरुप काभ्रे जिल्लालाई सन् २०३० भित्र गरिबी उन्मुलन गरि, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारहरुका माध्यमबाट सबल जिल्ला बनाउने हाम्रो लक्ष्य रहेको छ । दशौं जिल्ला अधिवेशनले तय गरि पूरा हुन बाँकी रहेका कामहरुलाई आगामी दिनमा प्रथमिकताका साथ अगाडि बढाउन योजना बनाएर लाग्ने छौं । यसका लागि जिल्ला अधिवेशन पश्चात बृहत कार्यक्रमबाट जिल्लाको विकासको बर्तमान अवस्थाको तुलनात्मक विश्लेषण गरि दिर्घकालीन र अल्पकालीन योजना तय गर्ने निर्णय गरेका छौं ।
पूर्वाधार विकासः काभ्रे उपत्यका (बनेपा, धुलिखेल र पनौती)लाई राजधानीको विस्तारित तर योजनाबद्ध नयाँ केन्द्रको रुपमा विकास गर्ने । जिल्लामा आगामी पाँच वर्ष भित्र एक हजार किमी सडक कालोपत्रे गर्ने । जिल्लाका विभिन्न स्थानमा आवश्यक पुलहरुको सर्भे गरी निर्माण गर्ने । बनेपा, धुलिखेल र पनौतीमा स्मार्ट सिटी निर्माणको कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्ने । भक्तपुर–पाँचखाल सुरुङ्गमार्ग निर्माणको कार्यलाई प्राथमिकतामा राख्ने । बनेपा, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध, रोशी, पनौती लगायत स्थानका सम्भाव्य करिडोर क्षेत्रमा ब्यवस्थित पूर्वाधार सहितको बस्ति व्यवस्थापन गर्ने । डाँडापारी, कोशिपारी, तेमाल, रोशी, मण्डन लगायतका क्षेत्रहरुको सडक र पूर्वाधारको विकास गर्ने । जिल्लामा पाँच हजार सिट क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण गर्ने । एक पालिका एक विशिष्टकृत विकासका लागि प्राथमिकतामा राख्ने ।
हरेक पालिकालाई विशेष पहिचानयुक्त पालिका बनाउने
पाँचखाललाई कृषि तथा औद्योगिक केन्द्र, बनेपालाई आधुनिक ब्यवसायिक केन्द्र, पनौतीलाई साँस्कृतिक तथा पर्यावरणीय पर्यटन केन्द्र, धुलिखेललाई पर्यटन शिक्षा स्वास्थ्य र साँस्कृतिक केन्द्र, नमोबुद्धलाई धार्मिक साँस्कृतिक पर्यटन, कृषि र औद्योगिक केन्द्र, मण्डन देउपुरलाई पर्यटन र कृषि केन्द्र, भूम्लुलाई पर्यटन र कृषि केन्द्र, चौरीदेउरालीलाई पर्यटन र कृषि अनुसन्धान केन्द्र, तेमाललाई साँस्कृतिक पर्यटन र बुद्धचित्त उत्पादन केन्द्र, रोशीलाई कृषि पर्यटन साँस्कृतिक र जैविक अनुसन्धान केन्द्र, महाभारतलाई जडिबुटी र फलफुल उत्पादन तथा पशुपालन केन्द्र, खानीखोलालाई जडिबुटी कफी र पशुपालन केन्द्र, बेथानचोकलाई पर्यटन, प्राकृतिक श्रोत अध्ययन तथा पशुपालन केन्द्रको रुपमा विकास गर्न गरुयोजना तर्जुमा गर्ने छौं ।
प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन ः पनौती नगरपालिकाको पुरानो बजारलाई विश्व सम्पदा सूचीमा राखिने तयारीलाई तदारुकताका साथ अगाडी बढाउने । नमोबुद्धमा बृहत पर्यटकीय क्षेत्रका लागि आवश्यक संरचना निर्माण गर्ने । पलाञ्चोक भगवती क्षेत्रलाई अझै व्यवस्थित र पूर्वाधार निर्माण सम्पन्न गरी पर्यटकहरुको आकर्षणको रुपमा विकास गर्ने । तेमालको ऐतिहासिक दरवार उत्खनन् र संरक्षण गरि आवश्यक पूर्वाधार निर्माण गर्ने । बेथान्चोक नारायणस्थानमा आवश्यक पुर्वाधारको निर्माण गरी पर्यटन केन्द्र निर्माण गर्ने । रोशी गाउँपालिकाको भुमेचुली, ताराखसेलेक लगायतका स्थानहरुको संरक्षण र प्रचारप्रसार गर्ने । बनेपाको बासुकी, तनचोक, ठुलीचौर लगायतका स्थानहरुको संरक्षण र प्रचार प्रसार गर्ने । मण्डनदेउपुर नगरपालिकाभित्र पर्ने नगरकोट, ठुलीचौर लगायतका स्थानमा थप व्यवस्थित, पूर्वाधार निर्माण सहित संरक्षण र आवश्यक प्रचार प्रचार गर्ने । भुम्लुको दोलालघाट, मुलखर्क भिमसेनस्थान लगायतका पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास गर्ने । धुलिखेलको देविस्थान लगायतका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलहरुको संरक्षण सहित पूर्वाधार निर्माण गर्ने । श्रीरामपाटी क्षेत्रको उत्खनन् गरी संरक्षण गर्ने । अन्य सबै पालिकाहरुमा रहेका धार्मिक क्षेत्रहरुको प्रचार प्रसार, संरक्षण र प्रर्वद्धन गर्ने । हरेक पालिकामा कम्तीमा एक होमस्टे, एक पर्यटकीय गन्तब्य निर्माण गर्ने । नमोबुद्ध–३ र धुलिखेलमा खुला चिडियाखाना स्थापना गर्ने । भुमेडाँडामा चरा अध्ययन केन्द्र स्थापना गर्ने । सिमसार क्षेत्रको संरक्षणका लागि योजना बनाउने । परम्परागत पोखरी, बर पिपल चौतारीहरुको संरक्षण गर्ने । वाटर रिचार्जका लागि डाँडाहरुमा पोखरी निर्माण गर्ने ।
कृषि पशुपालनः सहस्राब्दी विकास लक्ष्य अनुसार हरेक नागरिकको आयस्तर उकास्न हरेक पालिकामा वातावरण अनुकूल फलफुल उत्पादनमा प्रोत्साहन गर्ने । एक वडा एक नर्सरी र एक पालिका एक विशेष कृषि उत्पादन केन्द्रको अवधारणालाई अघि बढाउने । चौवास क्षेत्र र वाल्टिङ्गमा बोटानिकल गार्डेन सहितको चिया उत्पादन बगैचा निर्माण गर्ने । बनेपा र धुलिखेलमा बोटानिकल गार्डेन निर्माण गर्ने । व्यवसायिक पशुपालन र व्यवसायीक तरकारी खेतिमा जोड दिने । जिल्लामा एम्बुलेन्स सहितको सुविधासम्पन्न पशु अस्पताल निर्माण गर्ने । कृषि तथा पशुजन्य उपजको गुणस्तर जाँचकेन्द्र स्थापना गर्ने ।
विश्वविद्यालय तथा शैक्षिक क्षेत्रः मदन भण्डारी विज्ञान तथा प्रविधी विश्वविद्यालय र मदन भण्डारी प्रौधोगिक विश्वविद्यालयको निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्ने । प्रतिरक्षा विश्वविद्यालय निर्माणको कार्यलाई तिब्रता दिने । काभ्रे जिल्लामा त्रिविको आंगीक कलेज स्थापना गर्ने । एक पालिका एक प्राविधिक विद्यालय स्थापना गर्ने । हरेक विद्यालयमा विज्ञान गणीत र आईटी पठनपाठनलाई ब्यवस्थित गर्ने । खगोल शास्त्र अध्ययन केन्द्र निर्माण गर्ने ।
अन्यः फिल्म सिटी स्टुडियो निर्माण कार्यलाई तिब्रता प्रदान गर्ने । माउण्टेन स्पोर्टस एकेडेमीको निर्माण गर्ने । हरेक नगर तथा पालिकाहरुमा नमुना र ब्यवस्थित शहर निर्माण गर्ने । हरेक पालिकामा एक खेल मैदान निर्माण गर्ने । जिल्लामा क्रिकेट खेल मैदान निर्माण गर्ने । सम्भावित नदीहरुमा विद्युत गृह स्थापना गर्ने । सम्भावना अध्ययन गरि जलविहार स्थल निर्माण गर्ने । पुरातात्वीक तथा सांस्कृतिक संग्राहलय निर्माण गर्ने । एक पालिका एक कला र साहित्य केन्द्र स्थापना गर्ने । एक पालिका एउटा ठुलो पर्यटकीय, धार्मिक र साँस्कृतिक पार्क निर्माण गर्ने । प्रत्येक पालिकामा महिला, युवा, दलित, र गरिव परिषदहरु गठन गरि स्वरोजगारीको काम गर्ने र गरिबी निवारण गर्ने । एक पालिका एक अत्याधुनिक ब्यायामशाला, योग तथा प्राकृतिक चिकित्सा केन्द्र निर्माण गर्ने । एक पालिका एक अनाथालय स्थापना गर्ने । जिल्लाका सबै बस्तीहरुमा एक घर एक स्वच्छ खानेपानीको धाराको ब्यवस्था गर्ने । सबै बस्तिमा ईन्टरनेट सेवा विस्तार गर्ने । फिल्म सिटी स्टुडियो निर्माण कार्यलाई तिब्रता प्रदान गर्ने । माउण्टेन स्पोर्टस एकेडेमीको निर्माण गर्ने । हरेक नगर तथा पालिकाहरुमा नमुना र व्यवस्थित शहर निर्माण गर्ने । हरेक पालिकामा एक खेल मैदान निर्माण गर्ने । जिल्लामा क्रिकेट खेल मैदान निर्माण गर्ने । सम्भावित नदीहरुमा विद्युत गृह स्थापना गर्ने । सम्भावना अध्ययन गरि जलविहार स्थल निर्माण गर्ने । पुरातात्विक तथा साँस्कृतिक संग्राहलय निर्माण गर्ने । एक पालिका एक कला र साहित्य केन्द्र स्थापना गर्ने । एक पालिका एउटा ठुलो पर्यटकीय, धार्मिक र साँस्कृतिक पार्क निर्माण गर्ने । प्रत्येक पालिकामा महिला, युवा, दलित, र गरिब परिषद्हरु गठन गरि स्वरोजगारीको काम गर्ने र गरिबी निवारण गर्ने । एक पालिका एक अत्याधुनिक व्यायामशाला, योग तथा प्राकृतिक चिकित्सा केन्द्र निर्माण गर्ने । एक पालिका एक अनाथालय स्थापना गर्ने । जिल्लाका सबै बस्तीहरुमा एक घर एक स्वच्छ खानेपानीको धाराको ब्यवस्था गर्ने । सबै बस्तिमा ईन्टरनेट सेवा विस्तार गर्ने । सिंगो काभ्रे जिल्लाको भौगर्भिक अध्ययन गर्ने । (प्राकृतिक श्रोत, विपद अवस्था, कृषि उत्पादन, बस्ति विकास आदी) ह्याण्डीक्राफ्ट उत्पादन तथा बिक्री केन्द्र स्थापना गर्ने । जिल्लाको माईक्रो एकोनिमिक्स स्टाटसको अनुसन्धान गर्ने । रासायनिक मलको भण्डारण क्षमता बृद्धि गर्ने । जिल्लामा रहेका सबै प्रमुख नदी जलाधार क्षेत्रको संरक्षणको योजना बनाउने । जिल्लाका प्रमुख शहरहरुमा शहरी सौन्दर्यकरण परियोजना लागु गर्ने । कम्पोष्ट मल उत्पादन र पानी सुद्धिकरण सहितको एकिकृत फोहोरमैला ब्यवस्थापन आयोजना सञ्चालन गर्ने ।
सामूहिक अठोट र पहलकदमीबाट सबल पार्टी निर्माण गर्न सक्दछौं । सबल र क्रान्तिकारी पार्टी निर्माणबाट मात्रै हामीले निर्धारण गरेका सम्पूर्ण लक्ष्यहरु प्राप्त गर्न सक्दछौं । यसमा हामी सबैको हिस्सेदारी र भूमिका आवश्यक छ । हाम्रो अविश्राम सक्रियताले पार्टी थप सुदृढ बन्ने र हाम्रा सबै लक्ष्यहरुले सार्थकता प्राप्त गर्ने विश्वास लिएका छौं । (यो प्रतिवेदन एमालेको ११ औ जिल्ला अधिवेशनमा प्रस्तुत भई पारित भएको हो । यसलाई उपयुक्त ठानेर प्रकाशन गरिएको हो ।)
‘अघाएका किर्नाले छाडे एमाले’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई ध्वस्त बनाउन, नेकपा एमाले सिध्याएर देशमा अस्थिरता निम्त्याउन चाहनेहरु एमालेमा नै बसेर किर्ना झै अघाएका ब्यक्तिहरु भएको टिप्पणी गरेका छन् । ‘जसरी भैंसीमा भएको किर्ना अघाए पछि झर्छ, त्यसरी नै एमालेमा रहेर अघाएकाहरु किर्ना झै बाहिरिएका छन्’–अध्यक्ष ओलीले भने । नेकपा एमाले काभ्रेको ११ जिल्ला अधिबेशनको धुलिखेलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले मिसन ८४ लाई सशक्त बनाउन पार्टीका सबै पंक्ति एकजुट भएर सक्रिय हुन निर्देशन दिए । ‘अरुले आफ्ना लागि, अस्थिरताका लागि भने होलान् मिसन ८४, एमालेले देश विकास र निर्माणका लागि तीन तहकै सरकारमा एकल बहुमत ल्याउन भनेको हो’–अध्यक्ष ओलीले भने–‘आफ्नै पार्टीको बहुमतको सरकार ढाल्नेहरु किर्ना हुन् । किर्नाहरु अघाए पछि आफै झर्छन् । एमाले सिध्याउन खोज्नेहरु आफै सकिनेछन् ।’ अधिबेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न, प्रतिस्पर्धालाई सहमति र सहमति हुन नसके प्रतिस्पर्धामा जान, निर्वाचन सकिए पछि फेरी एकमन र एकताका साथ पार्टी कामलाई अघि बढाउन निर्देशन दिए ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, कृष्ण राई, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंङ्गेल, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव राजन भुर्तेल लगायतले एमाले अधिबेशन, आगामी कार्यभार र नेतृत्वका सन्दर्भमा धारणा राखेका थिए ।
प्रतिवेदनमा सर्वसम्मत
नेकपा एमाले काभ्रेको ११ औ जिल्ला अधिबेशनको बन्द सत्रमा जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले राजनीतिक, संगठनात्मक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरे । अध्यक्ष मण्डलका अध्यक्ष एवं पोलिटब्युरो सदस्य तथा जिल्ला इन्जार्च कृष्ण राईको अध्यक्षतामा शुरु भएको बन्द सत्रमा नेताहरुले प्रशिक्षणात्मक धारणा राखेका थिए । प्रस्तुत गरिएका सबै प्रतिवेदनहरु सर्वसम्मतिले पास भए । अध्यक्ष मण्डलमा बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रिय सदस्यद्धय नविना लामा र कपिलदेव पोखरेल, प्रदेश कमिटी उपाध्यक्ष धावा दोर्जे लामा रहेका छन् । बन्द सत्रमा स्थायी कमिटी सदस्य एवं प्रदेश कमिटी इन्चार्ज गुरु बराल, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, केन्द्रिय कमिटी सदस्यहरु रेशम लामा, रुकमणी बराईली, प्रदेश कमिटीका नवराज सिलवाल लगायतका नेताहरुको आतिथ्यता रहेको छ ।
अध्यक्ष मण्डलले यज्ञराज पाण्डेको संयोजकत्वमा लालतारा अधिकारी, प्रदिप सापकोटा, प्रदिप स्याङतान र राजेन्द्र पण्डित रहेको निर्वाचन कमिटी गठन गरेको थियो । उक्त निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम गरिरहेको छ । १० वटा डिजिटल मेशिन मतदान गर्ने गरी तयारी गरिएको एमालेले जानकारी दिएको छ । ६ सय ९२ प्रतिनिधिले मतदानमा भाग लिनेछन । एमाले काभ्रेमा २०८० चैत्र मसान्तसम्म १३ हजार ३ सय ९ जनाले सदस्यता नविकरण गराएका छन् । पार्टी अध्यक्ष अशोक ब्याञ्जुले सचिवालयले पास गरेको समृद्ध काभ्रेपलाञ्चोक जिल्ला निर्माणमा एमालेका योजनाहरु प्रस्तुत गरेका थिए । साथै आगामी कार्ययोजना, संगठनात्मक र राजनीतिक प्रतिवेदनमा अध्यक्ष ब्याञ्जुले प्रस्तुत गरेका विषयमा प्रतिनिधीहरुले छलफलमा भाग लिएका थिए ।
यस्तो थियो तयारी
२०८१ जेठ २८ देखि धुलिखेलमा शुरु भएको अधिबेशनको पूर्व तयारी धुलिखेल नगर कमिटीले भब्य रुपमा गरेको थियो । सहभागीहरुलाई घाममा शितल बनाउन पानी, स्वयंसेवक तथा धेरै ब्यक्तिहरु सहभागि भएकाले आवश्यक हुने शौच लगायतमा सहजीकरण गरेका थिए । १० औं जिल्ला अधिबेशनमा २५ हजार भन्दा धेरै सहभागी गराई जिल्लामा ऐतिहासिक सम्पन्न गरेको नेकपा एमालेले ११ औ जिल्ला अधिबेशनमा नमुना काभ्रे, सम्बृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने महत्वपूर्ण अवसरलाई तल्ला कमिटीहरु समक्ष पु¥याउन निर्देशनात्मक मन्तब्य दिएका थिए । पार्टी अध्यक्ष अशोक व्याञ्जूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन समिति, उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरेको थियो । अधिवेशनको लागी मञ्च र खाना ब्यवस्थापनको संयोजन पार्टी धुलिखेल नगर कमिटीले गरेको थियो ।









