2026 August 23/ 08:21: 07pm

१३ आंै अध्यक्ष बने प्रताप बैद्य
    बनेपा/उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले काभ्रे उद्योग बाणिज्य संघले निर्माण गरेको पाँच तल्ले पक्की भवनको उद्घाटन गरे । ४२ औ साधारण सभामा भाग लिन आएका मन्त्री भण्डारीले भवन उद्घाटनसँगै संस्थापक अध्यक्ष शेरबहादुर श्रेष्ठको शालिक अनावरण गरे । 
    शेरबहादुर श्रेष्ठ काभ्रे उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष थिए । २०२३ साल देखि २०२९ सालसम्म उनले संघको अध्यक्षको जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गरेका थिए । उनका नाती तथा परिवारका सदस्यहरुले उद्योग बाणिज्य संघको प्राङ्गणमा निर्माण गरेको शालिक मन्त्री भन्डारीले अनावरण गरेका हुन् । संघमा २०२९ देखि २०३२ सालसम्म स्व. आशाकाजी श्रेष्ठले नेतृत्व गरे भने २०३२ देखि २०३८ सम्म स्व अत्तरकाजी दिक्पालले नेतृत्व गरे । स्व. डबलकाजी श्रेष्ठले २०३८ देखि २०४५ सम्म नेतृत्व गरे । स्व. मणिराज कायश्थले २०४५ देखि २०५६ सम्म नेतृत्व गरे । कृष्गोपाल भैलले २०५६ देखि २०५८ सम्म नेतृत्व गरे । २०५८ देखि २०६३ सम्म पूर्णप्रसाद पलाञ्चोकेले नेतृत्व गरे । २०६३ देखि २०६८ सम्म लक्ष्मीलाल राजभण्डारी, २०६८ देखि २०७० सम्म दियेशरत्न शाक्य, २०७० देखि २०७४ सम्म सुरकृष्ण बैद्य, २०७४ देखि २०७७ सम्म प्रकाश मानन्धर र २०७७ देखि २०८१ जेठ १९ सम्म राजेन्द्र पसंक्षेले नेतृत्व गरे । २०८१ जेठ २० गते ४२ औ साधारण सभाबाट प्रताप बैद्य अध्यक्षका रुपमा निर्वाचित भए । प्रताप बैद्य संघका १३ औ अध्यक्ष हुन् । 
    संस्थापक श्रेष्ठको १९६६ माघ २ गते बनेपाको नारायणचोक वकुटोलमा जन्म भई २०४० मसिंर २४ गते निधन भएको थियो । स्व.अत्तरकाजी दिक्पाल स्मृति कोष, श्रीमती निर्मलादेवी श्रेष्ठ, राजिव श्रेष्ठ र रोशन श्रेष्ठले शालिक स्थापनाका लागि निर्माणार्थ सौजन्य गरेका हुन् । साधारण सभाको उद्घाटन सत्रमा उद्योगी ब्यवसायी, विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना दिएका थिए ।