महाभारत/महाभारत गाउँपालिका वडा नम्वर ४ बुढाखानीको गोठडाँडामा २०८१ बैशाख २० गते जङ्गलमा लागेको आगो वस्तिमा पस्दा घर, गोठ, अन्न, लत्ताकपडा र पशु चौपाया जलेर क्षति पुगेको सन्तवहादुर राना, सुरेश राना र सनक वहादुर तुम्सिङ लगायतका तीन घर परिवारलाई नेकपा (एमाले) महाभारत गाउँपालिका कमिटीको संयोजनमा सहयोग गरेको छ ।
विभिन्न व्यक्ति, व्यवसायी र समुहबाट प्राप्त भएको नगद सहयोग र खाद्यान्न सहितको अन्य सामाग्रीहरु नेकपा (एमाले) जिल्ला कमिटी काभ्रेपलाञ्चोकका उपाध्यक्ष, बागमती प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यतामा उक्त सामाग्री हस्तान्तरण गरिएको छ । राहत सहयोग हस्तान्तरण कायक्रममा नेकपा (एमाले) महाभारत गाउँपालिका ४ नम्वर वडा कमिटीले गरेको थियो । आगलागी पीडित परिवारलाई राहत हस्तान्तरण कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवं महाभारत गाउँपालिका ईन्चार्ज वसन्त कुँवर, जिल्ला कमिटी सदस्य एवं महाभारत गाउँपालिका पार्टी संयन्त्रको संयोजक शान्ति तितुङ राना मगर, महाभारत गाउँपालिका अध्यक्ष जगतमान मोक्तान, सचिव गणेश कुमार यस्माली, सदस्य लेखराम सारु, अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी सदस्य गुणबहादुर तुम्सिङ, पार्टी शुभचिन्तक झलक कुमार दर्लामी, कुलदीप रानामगर र नेकपा (एमाले) महाभारत गाउँपालिका ४ नं. वडा कमिटी अध्यक्ष दोषवहादुर जर्घा मगर लगायतको सहभागिता रहेको थियो ।
एमालेले ३२ एमएमको १२ फुटे कलर जस्तापाता प्रत्येक परिवारलाई ४÷४ बण्डल गरी १२ बण्डल प्रदान गरेको छ भने २६ एमएमको ९ फुटे सादा जस्तापाता प्रत्येक परिवारलाई २÷२ बण्डल गरी ६ बण्डल उपलब्ध गराएको छ । चामल ६ बोरा, खाने तेल ४ बक्स ३ लिटर, चिउरा ५ बोरा ६ प्याकेट, नुन ६ प्याकेट, दाल ७ किलो, सरफ ३ प्याकेट , लुगा धुने साबुन ३ प्याकेट, नुहाउने साबुन ४ पिस, डस्ना ३ पिस, मिक्स मसला ३ प्याकेट, कम्बल ६ थान लगायतका कपडाहरु हस्तान्तरण गरिएको बसन्त कुँवरले बताए ।









