– हालसम्म ५ हजार भन्दा धेरै विद्यार्थी उत्तिर्ण
बनेपा/बनेपा निष्ट स्कुलको १३ औ वार्षिक उत्सब निष्ट फाउण्डेशनका संस्थापक अध्यक्ष डा. माधब बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
डा. बरालले आफुले लिएको पहिलाको शिक्षा र अहिलेको शिक्षामा धेरै अन्तर भएको बताए । ६० वर्ष अघिको शिक्षामा प्रयोगात्मक कुनै पनि विषयमा नभएको र अहिलेको शिक्षा प्रयोगात्मक सहित ब्यवहारिक हुने गरेको उनले बताए । पहिलाका विद्यार्थीहरुमा धेरै अनुशासन भएको, मेहनत पनि धेरै गर्ने तर अहिलेका विद्यार्थीहरुमा अनुशासन र मेहनत गर्ने बानी हराउँदै गएको र शिक्षण सिकाई नै कमजोर हुँदै गएको बरालले बताए । निष्ट स्कुलले काभ्रे जिल्लामा मात्रै नभएर देशकै नाम राख्न सफल भएकोमा अभिभावक, विद्यार्थी शिक्षक लगायत सम्पूर्ण सहयोगीलाई धन्यवाद दिएका थिए । सबैको सहयोग र मेहनतले मात्रै २०७९ सालमा नेपालकै उत्कृष्ट निष्ट बनेपा बन्न सफल भएको बरालले बताए । निष्टको प्रमाण पत्र विश्वका कुनै पनि ठाँउमा बिक्ने भएकाले सबै विद्यार्थीहरुले सदुपयोग गरी निरन्तर मेहनत गर्न सुझाव दिए । १२ कक्षा सकियो अब अभिभावकलाई यो र त्यो चाहियो भन्ने, अभिभावकहरु सँग वार्गेनिङ्ग गर्ने नभई सहयोगी भएर अभिभावकले आफु प्रति गरेको लगानीको महत्व बुझन् विद्यार्थीहरुलाई डा.बरालले आग्रह गरेका थिए । निष्ट विद्यालय काभ्रेमा सञ्चालन गरी गुणस्तरीय उच्च शिक्षाका लागी काठमाडौ जानु पर्ने बाध्यतालाई निष्टले अन्त्य गरेको बरालले बताए ।
कार्यक्रममा निष्ट फाउण्डेशनका निर्देशक तथा कार्यक्रममका सभापति डा. राजेन्द्रकुमार घिसिङले निष्टले २०७९ सालको एनईबीको बोर्ड परीक्षामा कक्षा १२ का विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्नुका साथै विज्ञान संकायतर्फ रजिंत दाहालले नेपालभरिमा नै सर्वाेकृष्ट अंक (जिपिए ३.९६) ल्याउन सफल भएको बताए । त्यसै गरी व्यवस्थापन र कानून संकायमा काभ्रे जिल्लामा नै सबैभन्दा उत्कृष्ट अंक ल्याउन सफल भएको, २०८० सालको बोर्ड परीक्षामा कक्षा १२ का विद्यार्थीहरु शतप्रतिशत उत्तीर्ण हुन सफल भएकोमा बनेपा निस्टका लागि मात्रै नभएर समग्र जिल्लाको एउटा गौरव र प्रतिष्ठाको विषय भएको घिसिङ्गले बताए ।
निष्ट कलेजले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई अक्षुण्ण राख्न र विद्यार्थीहरुलाई सफल अध्ययनका लागि अझ बढी उपयुक्त शैक्षिक वातावरण श्रृजना गरी उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न मात्र होइन, विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि आगामी शैक्षिक सत्रदेखि प्रभावकारी क्युनिकेशन र सिप सहितको नेतृत्व विकास अभिवृद्धिका थप कार्यक्रमहरु शैक्षिक क्यालेण्डर भित्र नै समावेश गर्ने विद्यालयको योजना रहेको घिसिङ्गले बताए । स्कूलको भौतिक सुविधाहरुको स्तर उन्नति गर्नुका साथै निष्टमा कार्यरत शिक्षकहरुको व्यवसायिक ज्ञान, दक्षता र क्षमतालाई अझ सुदृढ पार्दै लैजान नियमित तालिम तथा कार्यशाला गोष्ठी प्रदान गर्न काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग सहकार्य शुरु गरि सकेको वताए । निष्ट सँग उच्च शिक्षाको लागि थुप्रै अवसरहरु रहेको घिसिङ्गले बताए । बनेपा निष्टमा सिएस आईटी, विआईम र विसिए लगायतका विषयमा अध्ययन भईरहेको छ भने भने काठमाडौंमा फार्मेसी, फुट टिच, ब्यवस्थापन लगायत अन्य धेरै विषयहरुमा ब्याचलर र मास्टर्स तहमा अध्ययन भैईरहेको बताए । स्कुलमा आईटी ल्याव, माबोईल एपका लागि एक नयाँ एडभान्स ल्याबको स्थापना गरी संचालनमा आएको घिसिङ्गले बताए ।
कार्यक्रममा विद्यार्थी र शिक्षकहरुको लेख रचना समावेश गरी माईन्डस्पार्क नामक वार्षिक पत्रिकाको विमोचन गरिएको थियो । कार्यक्रममा कक्षा ११ र १२ का उत्कृष्ट हाउस, विद्यार्थी तथा कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षक अनुपा पन्त र सरोज अधिकारी, उत्कृष्ट कर्मचारी लेखा प्रमुख रितु लाखेलाई सम्मान गरिएको थियो । कार्यक्रममा कलेजका विआईएम दोस्रो वर्षमा अध्यनरत मेरो भ्वाईस युनिभर्सका सेकेन्ड रनर अफ शरण हुमागाई लगाएत विद्यार्थीहरुले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य प्रिन्सिपल दिपक भट्टले राखेका थिए । प्रिपिन्सपल भट्टले निष्ट स्कुलमा १३ वर्षमा ५ हजार भन्दा बढी विद्यार्थी पास आउट भएका, शैक्षिक सत्र २०८० मा १ हजार १ सय विद्यार्थीले अध्ययन गरिरहेका ३ सय भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको बताए । कार्यक्रममा निष्ट फाउण्डेशनका कार्यकारी निर्देशक प्रनिता शर्मा बराल, कक्षा १२ का विद्यार्थी कुशुम यादब, सन्ध्या खनाल लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम सञ्चालन शिक्षक कृष्णहरी हुमागाईले गरेका थिए ।









