त्रिरत्न मानन्धर
अध्यक्ष
ज्योति एकेडेमी, बनेपा, काभ्रे
ज्योति एकेडेमीको शैक्षिक अवस्था कस्तो रहेको छ ?
यस विद्यालयले स्थापनाकाल देखि नै गुणस्तरिय शिक्षाको पहल गरिरहेको छ । शिक्षा भविष्यको तयारी हो । भोलिको देश आजको शिक्षासँग जोडिएको छ । विद्यार्थीहरmले भविष्यमा आफूले प्राप्त गरेका ज्ञान र सीपलाई व्यवहारमै उतार्न सकुन भन्ने , युग सुहाउँदो असल, निपुण र इमान्दार मानिस जन्माउने र हुर्काउने उद्देश्य एकातिर छभने न्युनतम शुल्कमा गुणस्तरिय शिक्षा व्यवहारिक क्रियाकलाप अनुशासनलाई विद्यालयले जोड दिएको छ ।
विद्यार्थीहरुलाई कस्तो प्रविधि मार्फत अध्यापन गराइरहनु भएको छ ?
विद्यालयले विद्यार्थीहरmलाई प्रविधिमैत्री बनाउन विद्यालय क्षमता अनुसार उपलब्ध हरेक प्रविधिहरmको प्रयोगद्धारा दिगो ज्ञान दिलाउने प्रयास गरेको छ । विद्यालयले तल्लो तहका लागि बालमैत्री प्रविधिमा विशेष जोड दिएको छ भने माथिल्लो कक्षामा पनि विद्यार्थीहरmको चौथर्फी विकास एवं उनीहरmले हासिल गरेका ज्ञान र सीपलाई व्यवहारिक रmपमै प्रयोग गर्न सक्षम होस् भनी त्यहि अनुरुपका प्रविधिहरm प्रयोग गर्न निरन्तर लागि रहेका छौ ।
प्रविधिको विकाससँगै बालबालिकाहरुलाई अध्यापनको लागि विद्यालयले कसरी ब्यबस्थापन गरिरहेको छ ?
सुचना प्रविधिको विकाससँगै ज्ञानको घेरालाई फराकिलो बनाइ दिएको छ । सँगसँर्ग यसले ल्याउने विकृतितर्फ नि सचेत हुनु आवश्यक छ । त्यस अर्थमा विद्यालयले विद्यार्थीहरmलाई खोज अनुसन्धानमुलक अध्ययनमा प्रविधिको प्रयोग गर्न प्रोत्साहन गरेका छौ । साथै प्रविधिको प्रयोग मार्फत अध्यापनमा सरलता ल्याउन आधुनिक प्रविधियुक्त विभिन्न ल्याबहरm समेत प्रयोग र विकासमा जोड दिइरहेको छ । जसले हाम्रो विद्यार्थीहरm नयाँ युगको प्रविधिसँग अझै परिचित भएका छन् र यसलाई हामीले निरन्तरता दिइरहेका छौ ।
ज्योती एकेडेमीमै विद्यार्थीहरmलाई अध्यापन गराउनु पर्ने विद्यालयको विशेषता रहेको छ ?
विद्यालयको एउटा सबल पक्ष भनेको विद्यालयले शैक्षिक गुणस्तर लगायत आधुनिक युग सुहाउँदो प्रविधि, अतिरिक्त क्रियाकलाप, विद्यार्थीहरmको व्यक्तित्व विकास र त्यहि उद्देश्य परिपूर्ति गर्न निरन्तर कार्यरत छौ । विद्यालयको भौतिक, शैक्षिक लगायत यहाँको शैक्षिक र शान्त वातावरणले अभिभावकहरुले मन जितेको छ भन्न सकिन्छ ।
निजि विद्यालयमा शिक्षकहरुलाई सेवा सुविधाका बारेमा समस्या हुन्छ भन्ने सुनिन्छ नि यस विद्यालयमा कस्तो सेवा सुविधा दिइरहनु भएको छ ?
निजि विद्यालयहरmको आर्थिक स्रोत नै विद्यार्थीहरm मार्फत हुने आम्दानी मात्र हुनाले यो समस्या हुन्छ । हाम्रो सवालमा संस्थालाई नितान्त नाफारहित ढंगले सञ्चालकमा ल्याएको र शैक्षिक गुणस्तरमा कुनै किसिमको सम्झौता नगरिने हुँदा हालसम्म विद्यालयमा कार्यरत शिक्षकहरmबाट सेवा सुविधामा गुनासो सुन्नु परेको छैन ।
अहिले मन्टेश्वरी विद्यालयका नाममा विकृति भित्रिएको छ नी सुधार गर्न के गर्नु पर्ला ?
निश्चितरmपले नक्कली जोगीले बढी खरानी लगाउँछ भन्नेझै मण्टेश्वरीका नाममा खुलेका विद्यालयहरुबाट अभिमावकहरु रंगिन स्यालले झै नठगिएका होइनन् । हामीले त्यस्तो देखासिकी र झिलिमिलिको पछि लाग्नुभन्दा वास्तवमै त्यसरी खोलिएको विद्यालयहरुले शैक्षिक आधार, सञ्चालकहरmको पृष्ठभूमि, उद्देश्यलाई केलाएर हे¥यो भने मलाई लाग्छ हामीले यस्ता विकृतिबाट त्राण पाउन सक्छौ ।
विद्यालयको भावी योजना के के रहेको छ ?
विद्यालयले भविष्यमा विद्यालयलाई अझ विस्तार गर्ने हेतुले यातायातको विस्तार, बृहत खेलकुद मैदान, सुविधा सम्पन्न शिशु कक्षाको विस्तार, हरेक विषयको सुविधा सम्पन्न प्रयोगशालाको निर्माण, अतिरिक्त क्रियाकलापमा विषयगत शिक्षकको नियुक्ति लगायत विद्यालयले शिक्षण क्रियाकलापमा आधुनिक प्रविधिको प्रयोगद्धारा अब्बल नतिजासँग देशलाई माया गर्न सिकाउने बनेपाकै नमुना शैक्षिक गन्तव्यको रmपमा विकास गर्ने लक्ष्य लिएको छ ।
भर्नाका समयमा निजी विद्यालयहरुबिच नै अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ नी रोक्न के गर्नु पर्ला ?
निश्चित रुपले निजी विद्यालयहरुले बीच शैक्षिक गुणस्तरभन्दा अन्य विषयहरmमै बढि अस्वस्थ प्रतिस्पर्धा हुँदा यसले समग्र विद्यालय क्षेत्रकै वातावरणलाई धुमिल तुल्याएको छ । भर्नाको समयमा हुने तानातानले यस क्षेत्रलाई नै बदनाम गरेको छ । यसले कसैलाई फाइदा नगर्ने कुरा हामीले भन्दै आइरहेको छ । निजि विद्यालयका पेशागत संगठनहरmले यो कुरालाई ध्यान दिइ आचार संहिता निर्माणदेखि अनुशासन र नैतिकतामा ध्यान दिनु जसरी ठान्दछु ।
अन्त्यमा पत्रिका मार्फत अभिभावक, विद्यार्थीहरmलाई के भन्न चाहनुहुन्छ ?
विचार राख्ने मौका दिनु भएकोमा पत्रिका परिवारलाई धन्यबाद सम्पूर्ण अभिभावकहरुलाई पत्रिका मार्फत यहि सन्देश दिन चाहन्छौ कि वहाँहरुको सल्लाह सुझाव नै हाम्रो मार्ग निर्देशन भएकोले विद्यालयको प्रगति, सुधारमा हातेमालो गरिदिनु अनुरोध गर्दछु ।









