2026 April 19/ 06:27: 03pm

    बनेपा/एनएमबि बैंक बनेपा शाखाको आयोजना, बनेपा नगरपालिका र बनेपा हेल्थ केयरको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
    शिविरको उद्घाटन गर्दै बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगर भित्र रहेका जनताहरुलाई स्वस्थ राख्न सधै नगरपालिका लागि परेको बताए । विभिन्न संघसंस्था र बनेपा नगरपालिका सँगै मिलेर नगरको विकासमा अगाडि बढ्ने नगर प्रमुख बादेले बताए । नगर भित्र रहेका सम्पूर्ण संस्थाहरुले सामाजिक कार्य अनुसार गर्नु पर्ने काम नपा सगं मिलेर गर्न उनले आग्रह गरेका थिए । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, एनएमबि बंैकका सिइओ सुनिल केसी, ईलाका प्रहरी कार्यालयका प्रमुख निरञ्जन भट्टराई शिक्षासेवी ज्ञानबहादुर केसी, नाईटिङ्गेल एकेडेमी माविका अध्यक्ष रत्नकुश रञ्जित लगायतले शिविरका बारेमा मन्तब्य राखेका थिए । शिबिरमा सुगर, प्रेसर, डेन्टल, किड्नी, थेरापि लगायतका रोगहरुको जाँच गरिएको थियो । शिविर कार्यक्रममा स्वागत मन्तब्य शाखा प्रबन्धक निरण श्रेष्ठले गरेका थिए ।