2026 April 16/ 06:17: 29pm

           बनेपा/बनेपा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालमैत्री स्थानीय शासन युक्त वडा नगर घोषण तथा दिगोपनका लागि नगर भित्रका विभिन्न सरोकारवाला निकाय एवं संघ संस्थाहरुको भूमिका सम्बन्धी २ दिने अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । 
चैत्र २४ र २५ गते नगरले स्वास्थ्यकर्मी, शैक्षिक संस्थाका प्रतिनिधि, विद्यालय ब्यबस्थापन समिति, टोल विकास संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, युवा क्लब, जनप्रतिनिधी, नगर बाल सञ्जाल, उद्योग वाणिज्य संघ लगायत विभिन्न सरोकारवालाहरुसँग अन्तक्र्रिया गरेको थियो । नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भएको उक्त अन्तक्र्रियामा उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, शिक्षा शाखा प्रमुख देवराज निरौला, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तामाङ्गले नगरपालिकमा बालबालिकाका क्षेत्रमा गरिएको चर्चा गरेका थिए । नगरका ५ वटा वडालाई बालमैत्री स्थानीय शासन घोषण गरीएको र बाँकी वडालाई समेत घोषण गरी बालमैत्री स्थानीय शासन नगर घोषणको अन्तिम चरण पगेको बताएको छ । ५० वटा सुचकहरु पूरा गरी केहि दिन भित्रै नगरलाई बालमैत्री नगर घोषणा गरिने नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । 
नगरले भौतिक विकाससँगै वालकालिका, जेष्ठ नागरिक, युवा तथा खेलकूद, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा काम गर्दै आएको शाक्यले बताए ।