ढुंखर्क/बेथान्चोक गाउँपालिका आयोजनामा तथा न्यायीक संसार तथा बेथान्चोक गाउँ सामुदायीक होमस्टे बेथान्चोक ३ को सह आयोजनामा गाउँपालिका स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।
प्रतीयोगितामा कृष्ण गोपाल मावि,प्रथम चक्रेश्वर मावि द्धितिय पार्वती मावि तृतिय भिमसेनेश्वर मावि सान्त्वना प्राप्त गरेका छन् । प्रतिगोगितामा ९ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितालाई बेथान्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले पुरस्कार वितरण गरेका थिए । यस्ता कार्यक्रमको आयोजनाले विद्यार्थीहरु भित्र रहेको क्षमता अभिबृद्धि गर्न सहयोग गर्ने तिमल्सिनाले वताए । कार्यक्रममा सह आयोजकका कार्यक्रम निर्देशक आत्माराम न्यौपाने, पार्वती माबिका प्राचार्य गोविन्द शर्मा कार्यक्रम संयोजक गौतम बजागाई परियोजना संयोजक सुनिल रावल लगाएतका ब्यक्तिहरुले कार्यक्रमका बारेमा मन्तब्य राखेका थिए ।





