नमोबुद्ध/काफ्ले समाज नेपालको आयोजनामा तथा मेघा अस्पताल काठमाडौको प्राबिधिक सहयोगमा नमोबुद्ध नगरपालिका अमर निवासमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
शिबिरको उद्घाटन नमोबुद्ध नगरपालिका नगर प्रमुख टिपी शर्माले गरेका थिए । कार्यक्रमममा बोल्दै नगर प्रमुख शर्माले नगरका जनतालाई जुनसुकै माध्यमबाट भए पनि सेवा सुविधा दिने बताए । विकास तथा सेवा सुविधाका लागी सबै संघ सस्थाहरु सगं नगरपालिका मिलेर अगाडि बढ्ने बताए । शिबिरमा हाड जोर्नी, नाक, कान, घाँटी, दाँत, स्त्रीरोग र छात्ति सम्बन्धी रोगहरुको जाँच का साथै निशुल्क औषधी समेत वितरण गरिएको थियो । शिबिरमा २ सय ९१ जना सेवाग्राहीले स्वास्थ्य जाँच गरेका थिए । काफ्ले समाज नेपालले आगामी दिनमा पनि सामाजीक कार्यमा सधै लागीरहने समाजका जिल्ला सचिब राजकुमार काफ्लेले बताए ।





