2026 April 17/ 01:57: 00pm

    बनेपा/टुकुचा युवा क्लबले बनेपा नगरपालिका १ र २ मा माद्यामिक विद्यालय स्तरीय ‘प्रतिभाको खोज’ कार्यक्रम बनेपा नगर उप–प्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
    बनेपा नगरपालिकाको वार्ड १ र २ तथा साविकको टुकुचा गाविसमा जन्मेर देश तथा बिदेशको बिभिन्न स्थानमा रही कर्म गरिरहेका युवाहरुले ‘आफ्नो जन्मभूमिमा केहि योगदान गर्ने’ सामाजिक भावनाको साथ ‘टुकुचा युवा क्लव’को पहलमा आयोजना गरिएको उक्त कार्यक्रम बनेपा १ र २ भित्र रहेका सामुदायिक माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने, अतिरिक्त कृयाकलापमा समाबेश गराउने तथा विद्यार्थी भाइबहिनिहरुको मनोबल बृद्दी गर्ने अभिप्रायले उक्त कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष कमल प्रसाद घिमिरेले बताए ।
    प्रतिभाको खोज कार्यक्रममा तीन वटा स्कुल, श्री सपनेश्वर माध्यामिक बिद्यालय, श्री स्वेतबाराह माध्यामिक बिद्यालय, र श्री रत्न चुडेस्वर माध्यामिक बिद्यालय बाट १०÷१० जना विद्यार्थीहरुले बक्तृत्वकलामा भाग लिएका थिए । पहिलो राउन्डमा ३० जना सहभागी विद्यार्थीहरु मध्ये १२ जना फाईनल राउन्डमा प्रबेश गर्न सफल भएका थिए । प्रतिभाको खोज कार्यक्रमको अन्तिम चरणमा भएको बत्तृत्वकलामा १२ प्रतिस्पर्धी मध्ये ३ जना उत्कृस्ट, फस्ट रनर अप र सेकेन्ड रनर अप घोषणा भएका थिए भने बाँंकीलाई उत्कृस्ट १२ घोषणा गरिएको थियो ।
    उत्कृस्ट, फस्ट रनर अप र सेकेन्ड रनर अपमा श्री रत्नचुण्डेस्वर मा बि का भाई आयुष घिमिरेले प्रथम स्थान हासिल गरेका थिए । श्री सपनेश्वर माध्यामिक बिद्यालयकी मनिशा फुँयालले दोस्रो स्थान हासिल गरेकी थिइन । त्यसैगरी श्री स्वेतबाराह माध्यामिक बिद्यालयकी सजना घिमिरेले तेस्रो स्थान हासिल गरेकी थिइन । विजयीलाई नगद ५ हजार, ३ हजार र २ हजार सहित ट्रफि, प्रमाणपत्र, र मेडल प्रदान गरिएको थियो भने उत्कृष्ट ९ जनालाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।