धुलिखेल/नेपाल सरकारले संसदमा दर्ता गरेको मिडिया सम्वन्धी विधेयकमा असहमति जनाउँदै देशभरका पत्रकारहरु आन्दोलित भएका छन् । दोश्रो चरणको आन्दोलन घोषणा गरेको नेपाल पत्रकार महासंघले मिडिया विधेयक सच्याउन दबाब दिएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा धुलिखेल सदरमुकाममा संचारसामाग्री सहित प्रर्दशन भएकोे छ । दुईमार्ग अरनिको र विपीको चोकमा जिल्लाका संचारकर्मीहरुले संचारसामाग्री सहित प्रर्दशन गरेका थिए । प्रर्दशन पछि नेपाल पत्रकार महासघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले सम्बोधन गरेका थिए ।





