मण्डन/कालिदेवि प्रा. वि मण्डनदेउपुर ७ को शैक्षिक सुधार, गरिव तथा जेहेन्दार विद्यार्थीलाई पठन पाठनमा सहयोग पु¥याउन मण्डनदेउपुर न पा वडा नँ ७ हाल अमेरिका निवासी नवराज सापकोटाका वुवा विष्णु प्र सापकोटा र आमा इश्वरी सापकोटाले छात्रवृत्ति प्रदान गरेका छन् ।
एलकेजी र कक्षा दुईमा अध्ययनरत विद्यार्थीहरू क्रमश शुहानी लम्साल र राम रम्तेललाई सामुदायिक विद्यालयमा कक्षा १० सम्मको अध्ययन गर्न लाग्ने सम्पुर्ण खर्च बेहोर्न गरि आफ्ना वुवा मार्फत सहयोग गरेका हुन् ।
त्यस्तै कालिदेवि प्रा. वि का शिक्षक ऋषिराम सापकोटाले आफ्ना छोरा अँकित सापकोटाको जन्म उत्सवको उपलक्ष्यमा कक्षा ीप्न् मा अध्ययनरत छात्रा आयूषा पहेलिलाई वार्षिक आवश्यक पर्ने कपि पेन्सिल उपलब्ध गराएका छन् । जनता वैकका कर्मचारी सुरेश श्रेष्ठले आफ्ना छोरा एरक्स जँग श्रेष्ठको जन्म उत्सवको उपलक्ष्यमा कक्षा ५ मा अध्यनरत सौगात हुमागाई र कक्षा २ मा अध्ययनरत स्मृती गौतमलाई वार्षिक आवश्यक पर्ने कपि पेन्सिल उपलब्ध गराएका छन् । सजन मोटरसाइकल वर्क शपका प्रोपाईटर सजन श्रेष्ठले छोरी श्रीजु श्रेष्ठको वार्षिक जन्मोत्सवको उपलक्ष्यमा कक्षा ३ मा अध्ययनरत विना दनुवारलाई वार्षिक आवश्यक पर्ने कपि पेन्सिल सहयोग गरेका छन् । विद्यालयले विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद ब्यत्त गरेका थिए ।





