बनेपा/चण्डेश्वरी जात्राको अवसर पारेर बनेपा ब्वाइज क्लव (बिबिसी) ले आयोजना गरेको नाइन ए साइड खुला फुटबल प्रतियोगिताको उपाधी चावहिल स्पोर्टस क्लव काठमाडौले हात पारेको छ ।
नेपाल बनेपा बहु प्राविधिक शिक्षालयको खेल मैदानमा भएको फाइनल प्रतियोगितामा चावहिलले बनेपा स्पोर्टस सेन्टर सनराइजलाई २–० गोल गदै उपाधी हात पारेको हो । प्रतियोगिताको म्यान अफ दी म्याच चावहिल स्पोर्टस क्लवका सुशान लामा घोषित भएका छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर बनेपा स्पोर्टका विशाल सुनुवार, सर्वाधिक गोलकर्ता चावहिलका सोम थापा र प्रशिक्षक चावहिलकै ग्याल्जेन शेर्पा र उत्कृष्ट प्लेयर बनेपा स्पोर्टसका स्टेभेन वाइजा भएका छन् । प्रतियोगितामा विजयी टिमले नगद दुई लाख र उपविजेताले नगद एक लाख रकम सहित मेडल प्रमाणपत्र प्राप्त गरेको छ । बिबिसी क्लव बनेपाका अध्यक्ष महेश कर्मचार्य र नेपाल पत्रकार महासंघका काभे्रका अध्यक्ष मोतीराम तिमल्सिनाले संयुक्त रुपमा उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । नकाउट चरणमा भएको प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको थियो ।





