पनौती/सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पनौती शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम पनौती नगरपालिकाका नगर उप प्रमुख गिता बञ्जारको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै उप–प्रमुख गीता बञ्जाराले नगरपालिका र बैंक बिच मिलेर नगरका कृषकहरुको आयस्तर उकास्नका लागी लाग्नुपर्ने बताईन् । बंैकले असली कृषकहरुलाई यो वा त्यो बहानामा दुःख दिन नहुने बताईन् । विभिन्न वर्गहरुलाई उद्यमी र स्वरोजगार बनाउने बैंकको उद्देश्यलाई नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने बताईन् । नगरपालिकाले के कस्तो सहयोग गर्नुपर्ने हो स्पस्ट खाका ल्याउन अनुरोध उपप्रमुख गिता बञ्जाराले बताईन् । कार्यक्रममा पनौती नगरपालिका वडा अध्यक्षहरु, बैकर्स टे«निङ्ग सेन्टर डेपुटी डाईरेक्टर लक्ष्मी नारायण ताम्राकार, पशुपंक्षी पालन सहकारी केन्द्रिय सघं अध्यक्ष बाबुराम अधिकारी, भेटेरीनरी अस्पताल तथा पशुपंक्षी सेवा केन्द्रका पशु विकास अधिकृत राजकुमार हुमागाई, जिल्ला सहकारी सघंका पुर्व अध्यक्ष सोमप्रसाद हुमागाई लगाएतका ब्यक्तिहरुले बैकका गतिबिधीका बारेमा बताएका थिए ।
कार्यक्रममा वित्तिय साक्षरता कार्यक्रमको प्रस्तुतीकरण बैंकका कृषि तथा विपन्न वर्गा कर्जा विभागका नियम श्रेष्ठले गरेका थिए । बैंकको देशभर १ सय ११ वटा शाखा ग्राहक संख्या ५ लाख कर्मचारी ८ सय ९० एटिएम ६३ वटा वित्तिय विवरण २०७५ असार सम्म शेयर पुजीं ८ अर्ब ६ लाख २४ हजार, निक्षेप ६१ करोड ३२ लाख कर्जा ५४ करोड ९८ लाख ५८ हजार र नाफा ९१ करोड रहेको जनाएका थिए । बंैकले महिला उद्यमशील क्षमताको बिकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सिमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि शैक्षिक ऋण उपलब्ध गराउन, भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि वित्तिय कर्जा प्रवाह गर्न लागिएको जानकारी दिईएको थियो । कार्यक्रममा व्यवसायिक रुपमा गरिएको कृषि तथा पशुपन्छीजन्य व्यवसायका लागि ब्यवसायको प्रकृति अनुसार चालुपंँुजी तथा आवधिक कर्जा प्रदान गर्न सकिने समेत बताएको छ ।
व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अन्र्तगत ५ करोड सम्म कर्जामा निर्धारण गरेको व्याज दर मध्ये ५ प्रतिशत व्याज अनुदान सुविधा उपलब्ध हुनेछ । व्यवसायिक कृषि तथा पशुपन्छी कर्जामा २ प्रतिशत मात्र व्याज अनुदान दिईने र सो पनि नेपाल राष्ट्र बैंकबाट अग्रिम स्विकृत प्राप्त भए पश्चात मात्र उपलब्ध गराईने बताएको थियो । कर्जामा बैंककोे आधार व्याजदरमा दुई प्रतिशत विन्दु, विमा शुल्क, अन्य बैंक शुल्क, सेवा शुल्क नहुने लगाएतका स्किमहरु समेत रहेको जनाएको छ । त्यसैगरी कार्यक्रममा सबैको खाता, खोलौं बैंक खाता अभियान २०७६, पहिलो बैंक खाता खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरुप बैंक स्वयंले रु. १०० जम्मा गरिदिने छ । शुन्य मौज्दातमा, व्याजदर ६.५५, ब्याज भुक्तानी त्रैमासिक, रु. २५० मा ५ वर्षको लागि डेबिट कार्ड निःशुल्क इन्टरनेट बैंकिङ्ग लगायतका रहेका छन् । कार्यक्रममा विभिन्न सहकारीका प्रतिनिधीहरुले विद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैंकका डेपुटी गभर्नर सिईओ जीवन भट्टराईको सभापतित्वमा र पनौती ब्रान्चका प्रमुख हरिकृष्ण दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।





