पनौती/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट ईकाईको आयोजना तथा मेडिसिटी हस्पिटलको सहयोगमा एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिबिरको औपचारीक कार्यक्रमको प्रमुख आतिथ्यता मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले गरेका थिए । कार्यक्रममा बोल्दै महतोले यातायात क्षेत्रमा भएको अरबांै लगानीको सुरक्षित पार्न र यातायात क्षेत्रमा काम गर्ने मजदुरको मनोबल बढाउन तथा उनिहरुको स्वास्थ्य प्रति अस्पतालले सधै सहयोग गर्ने बताए । मजदुरहरुको स्वास्थ्य ठिक भए मात्र सबै यात्रुहरुको सहि गन्तब्यमा पुग्ने भएकाले मेडिसिटी अस्पताल र नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन केन्द्रिय कार्यालय मिलेर देशका कुना काप्चा सम्म स्वास्थ्य शिबिरको आयोजना गरिने बताए । ‘पैसाले मात्र जीबन बचाउन सकिदैन, तर स्वास्थ्य चाहि मानिसको सम्पती हो’–महोतोले भने । हाम्रो स्वावास्थ्य केहि नभए पनि वर्षमा १ पल्ट चाहि अनिवार्य होलबडी चेकअप गर्नुपर्ने बताए । मेडसिटी अस्पतालमा उपचारको लागि सम्पूर्ण सेवा सुबिधा भएकाले अव कोहि पनि नेपालीहरु उपचार नपाएर विदेशिनु नपर्ने तर विदेशी नेपाल आएर उपचार गर्न सकिने बताए । कार्यक्रममा नेपाल यातयात ब्यबसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाले ब्यबसायीले र सरकारले गर्नुपर्ने काम मजदुर संगठनले गरेकोमा धन्यबाद दिएका थिए ।
यातायात महासंघले पनि चाडै मजदुर सगंठन सगं मिलेर मजदुरका हितमा कार्य गर्ने बताए । त्यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका केन्द्रिय अध्यक्ष भिम ज्वालाले सगंठनले ७७ वटै जिल्लामा शिबिर गर्न लागेको बताए । उपत्यकाको ५ ठाँउमा गरिसकेको वताएका थिए । शिविरमा धेरै मजदुरहरुको सुगर, प्रेसर र आखाँमा मोती बिन्दुको समस्या भेटिएको थिए । समयमा नै रोगको पहिचान गरी उपचार नगराएमा मजदुर मात्रै नभई यात्रुु समेत जोखीमामा पर्ने भएकाले त्यसैले संगठनले मजदुरको स्वास्थ्यको ख्याल गर्दे शिबिरको आयोजना गरेको बताएका थिए । मजदुरहरुले पनि यात्रुहरुलाई गर्नु पर्ने राम्रो ब्यबहार, नरम बचन बोल्ने, गाडी र आफ्नो सरसफाईमा ध्यान दिने मुस्कान सहितको ब्यबहार गर्नु पर्ने बताएका थिए । शिविर कार्यक्रमको सभापति तथा नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन पनौती रुटका अध्यक्ष बेद प्रसाद घिमिरेले सगंठनले मजदुरहरुको हितका लागी, दुर्घटना न्युनिकरण गर्न तालिम प्रदान, सदस्यहरुको विमा, स्वास्थ्य उपचार लगायतका कार्य गर्दे आएको बताएका थिए । शिबिरमा मेडिसिटी अस्पतालका हार्डजोर्नी विशेषज्ञ डा. शिशिर लाखे लगाएतको टोलीले आखाँ, सुगर, प्रेसर, जनरल लगाएतका स्थास्थ्य परिक्षण गरीएको थियो । शिबिरमा ५ सय मजदुर तथा सर्वसाधरणहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।





