2026 April 17/ 01:57: 44pm

    ढुंखर्क/जिल्लाको सबैभन्दा अग्लो स्थान बेथान्चोक गाउँपालिका वडा नम्वर ३ मा रहेका बेथान्चोक नारायणस्थान मन्दिरको पुनर्निर्माण तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गरेको छ ।
     मन्दिरको पुनर्निर्माणका लागि गाउँपालिकाले ५ लाख रकम विनियोजन गरेको थियो । यातायातको हिसाबले समेत दुर्गम मानिएको बेथान्चोक नारायणस्थान मन्दिरको पुनर्निर्माणका लागि निर्माण सामाग्री पु¥याउन स्थानीयहरुले घरलौरी जनश्रमदान गरेका छन् । साविक ढुंखर्क गाविसका अधिकांश वडाहरुबाट निर्माण सामाग्री बेथान्चोक नारायणस्थानमा पु¥याउने कार्य भईरहेको छ । ढुंगाबाट निर्माण गरिएको मन्दिरको बाहिर डाँची इट्टाको गाह्रो लगाउन शुरु गरिएको छ । पुरातात्विक हिसावले समेत पहिचान झल्कने खालका सामाग्रीहरु प्रयोग गरिएका छन् । मन्दिरमा प्रयोग गर्ने निर्माण सामाग्रीहरु अभाव हुन नदिन वडा कार्यालय र गाउँपालिकाले जनश्रमदानका लागि स्थानीयहरुलाई अनुरोध गरेको छ । पानी तथा निर्माण सामाग्री झण्डै तीन किलोमिटर भन्दा टाढा देखि बोकेर पु¥याउनु पर्ने भएकाले पनि निर्माणमा समस्या छ । तर पनि मन्दिरलाई पुनर्निमाण मार्फत पर्यटकिय हिसावले समेत आर्कषण गर्न मन्दिर वरपरका अन्य संरचना निर्माणका लागि प्रदेश सरकार मार्फत डिपिआर तयार गरिएको छ । मन्दिर जाने बाटोमा झोलुङ्गे पूल निर्माणका लागि संघ र प्रदेश सरकार मार्फत पहल गर्न अनुरोध गरिएको वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले जानकारी दिए । मन्दिरमा पुनर्निमाण सम्पन्न गर्न यज्ञ र होम गरिएको छ । ब्रम्हाणहरुद्वारा विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिएको थियो । र्काक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति मधु आचार्य, गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, नेपाल पत्रकार महासघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्षहरु दिलबहादुर श्रेष्ठ, भगवान घिमीरे, लालबहादुर श्रेष्ठ, स्थानीयहरुको सहभागिता रहेको थियो । 
    बेथानचोक गाउँपालिका १०१ वर्ग किलोमिटर क्षेत्रफल रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा काभ्रेपलाञ्चोक जिल्लामा च्याम्राङबेसी, ढुखंर्क, चलाल गणेशस्थान, च्यासिङखर्क र महांकालचौर गाउँ विकास समितिलाई समेटेर बेथानचोक गाउँपालिका घोषणा गरिएको थियो । आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत आर्कषण रहेको बेथान्चोक नारायणस्थानमा सिंढी निर्माण गर्ने, रेलिङ्ग बनाउने, पार्क बनाउने, मन्दिरको केहि तल ट्रष्ट बनाउने योजना सारिएको अध्यक्ष श्रेष्ठले बताए । नारायणस्थान मन्दिरमा मासु र मादक पदार्थ लैजान मिल्दैन । त्यो चिजको प्रयोग गर्दा बेथान्चोक नारायणस्थानमा प्राकृतिक प्रकोप पर्दै आएको छ । त्यसकारण त्यो स्थानको केहि किलोमिटर तलैै ब्यवस्थापनका लागि प्रयोग गर्न सकिने गरी ब्यवस्थापन गर्न लागिएको छ । बेथान्चोक नारायणस्थानमा पर्यटकहरुको बृद्धि गर्न अन्य विविध कार्यहरु अगाडि बढाईएको छ ।