2026 April 16/ 10:35: 21pm

           बनेपा/बनेपा नगरपालिकाले नगरपालिका भित्र रहेका नागरिक सेवा प्रवाह गर्ने विभिन्न निकायहरुसँग अन्र्तक्रिया तथा छलफल गरेको छ । 
नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भएको उक्त अन्र्तक्रिया कार्यक्रममा उपप्रमुख विमला सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, मालपोत अधिकृत कुमारप्रसाद खतिवडा, प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछाने, जिल्ला अदालतकी तहशिलदार विनिता महर्जन, ईलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक राजाबाबु यादव, वडा अध्यक्षहरु, बैंक तथा वित्तिय संस्थाका प्रमुखहरु र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । 
           कार्यक्रममा स्वागत मन्तब्य उपप्रमुख विमला सापकोटाले राखेकी थिईन् । अन्र्तक्रियामा उठेका प्रश्नहरुका बारेमा सबन्धीत संस्थाहरुले उठेका जिज्ञासा तथा समस्याका बारेमा समधान गर्ने प्रतिबद्धता ब्यतm गरेका थिए ।  अत्याधिक फोहोर भई हिडडुल गर्न कठिन, कार्यालय सञ्चालन गर्न समेत कठिन भएको, पार्कीङ्ग समस्या, सेवा प्रवाहमा एकदमै समस्या भएको अन्र्तक्रियामा बताएका थिए । नगर प्रमुख शाक्यले सडक विस्तारको कामले सरसफाईमा समस्या परेको, छिट्टै उक्त समस्या समधान हुने विश्वास ब्यक्त गरेका थिए । नगरपालिकाबाट प्रवाह हुने सेवामा कुनै कमि आउन नदिने शान्तिरत्न शाक्यले बताए । कार्यक्रम सामाजिक विकास शाखा प्रमुख दिनेश पोखरेलले सञ्चालन गरेका थिए ।