धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ का अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाको नेतृत्वमा स्थानीयहरुले बुधबार विहान विश्वविद्यालय परिसरमा नारा जुलुस गर्दै स्थानीयहरुलाई रोजगार र स्थानीय युवाहरुलाई निर्माण कार्यमा पहिलो प्राथमिकता दिनु पर्ने बताएका छन् ।
सामाजिक सरोकार युवा समुहका अध्यक्ष कृष्ण खत्रीले काठमाडौ विश्वविद्यालयमा स्थानीय युवाहरुलाई निर्माण कार्य लगायतमा पहिलो प्राथमिकता दिनु पर्ने बताए । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्लेले स्थानीयहरुले प्रस्तुत गरेका मागहरुका बारेमा छलफल भए पनि कानून विपरित सम्बोधन गर्न नसकिने बताउनु भयो । विश्वविद्यालय भित्रका सबै निर्माण कार्य प्रतिस्पर्धाका माध्यमबाट हुने भएकाले विश्वविद्यालयले स्थानीय युवाहरुलाई पहिलो प्राथमिकता दिन कानून अनुसार सबैले ठेक्का प्रकृयामा प्रतिस्पर्धा गर्न पाउने र कसैले कानून बिपरित प्राथमिकता दिन नसकिने उपकुलपति वाग्लेले बताए । स्थानीयहरुले उठाएका विश्वविद्यालयले पुरा गर्न सक्ने र मिल्ने अवस्थाका विषयहरु सम्बोधन गरिएको रजिस्ट्रार डा.राजिव श्रेष्ठले बताए ।





