महाभारत/चोडिक युथ क्लबको आयोजनामा २०८३ साल नयाँ बर्षको अवसर पारेर बृहत बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
क्लबले स्थापनाको छोटो समयमा नै विभिन्न सामाजिक कार्यहरु गरेको अध्यक्ष बेन बहादुर तुम्सीङले बताए । क्लबले गत दिपवालीमा वडा स्तरिय भलिबल प्रतियोगिता आयोजाना गरेको थियो । क्लबले आगामी नयाँ वर्षको अबसरमा महाभारत ५ चौढिक घर भई विभिन्न पेशा, व्यवसाय, अध्यनको शिलशिलामा उपत्यकामा बसोबास गर्नुहुने सम्पुर्ण महाभारत बासी, सम्पुर्ण काभ्रेली, लगायतलाई उपस्थितीको लागी कल्बका अध्यक्ष बेन बहादुर तुम्सीङ मगरले आग्रह गरेका छन् । आफन्त घर गाउँले साथीभाइ सँगको आपसी भेटघाट सम्बन्ध झनै प्रगाढ आत्मिय र सुमधुर बनाउने, आत्मीय भाइचारा कायम राख्ने साँस्कृतिक कार्यक्रम अन्तर्गत नाच, गान विभिन्न नेपाली स्वादिष्ट खानाको परिकारहरुको साथमा हाडी फुटाउने, म्युजिकल चियर जस्ता नेपाली मौलिक खेलहरु समेत खेलाईने मगरले बताए ।





