बनेपा/काभ्रे माध्यमिक विद्यालयमा बृहत्त शैक्षिक प्रर्दशनी २०८२ सम्पन्न भएको छ ।
गत शुक्रबार विद्यालयको प्राङ्गणमा भएको शैक्षिक प्रदर्शनीको उद्घाटन विद्यालयका सञ्चालक समितिका अध्यक्ष जगन्नाथ अवाले गरेका थिए । अवाले विद्यार्थीहरुले पढेको कुरालाई ब्यबहारमा उतारी उक्त शैक्षिक प्रदर्शनी गरेको बताए । ब्यबहारिक ज्ञानलाई विद्यालयले शुरु देखी नै प्राथमिकतामा राखी हरेका वर्ष उक्त शैक्षिक प्रदर्शनी गर्दै आएको बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल कुमार मानन्धरले विद्यार्थीहरुले आफै तयार पारेका शैक्षिक सामाग्रीहरु प्रदर्शनीमा राखेको बताए । प्रदर्शनीमा गणित, विज्ञान, अंग्रजी, सामाजिक विषय लगायत ६५ वटा स्टल र १० वटा फुड फेस्टिबलका स्टलहरु राखिएको थियो । फुड फेस्टिबलमा नेवारी खाजा, समय बजी, लगायतका विभिन्न परिकारहरु राखिएको थियो । मानन्धरले विद्यालयले विभिन्न समयमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउँदै आएको र उनिहरुको शैक्षिकसँगै ब्यबहारिक ज्ञानमा विशेष प्राथमिकता राखेको बताए । कार्यक्रममा सहायक प्रिन्सिपल केशव श्रेष्ठ, कार्यक्रम संयोजक तथा विज्ञान विषय संयोजक कुमार घिमिरे, सम्बन्धित विषयका शिक्षकहरु, विद्यार्थीहरु, अभिभावकहरुले प्रदर्शनीको अवलोकन गरेका थिए ।





