बनेपा/अखिल नेपाल महिला संघको आयोजनामा निर्वाचन केन्द्रित बृहत्त अगुवा कार्यकर्ताहरुको भेला भएको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला ईन्चार्ज एवं नेकपा एमाले क्षेत्र नम्बर २ का उम्मेदवार अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अखिल नेपाल महिला संघ काभ्रेकी अध्यक्ष विमला सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमालेका क्षेत्र नम्बर १ का उमेदवार अमित लामा, पार्टिका विभिन्न पद्यादिकारीहरुको उपस्थिती रहेको थियो । भेलाले अनेम संघ जिल्ला अध्यक्ष विमला सापकोटाको संयोजकमा निर्वाचन कमिटी गठन गरेको छ ।
त्यसैगरी अखिल किसान महासंघको निर्वाचन सम्बन्धी बृहत्त अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।





