बनेपा/बनेपा निष्ट सेकेण्डरी स्कुलले विज्ञान प्रदर्शनी र फुड फेष्टिबल कार्यक्रमको आयोजना गरेको छ ।
विद्यार्थी काउन्सिलको आयोजनामा गरिएको उक्त प्रर्दशनीमा विज्ञानका १७ वटा र फुड फेस्टिबलका १५ वटा स्टल राखिएका थिए । स्टल–स्टल बिच प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कारको ब्यबस्था समेत गरिएको प्रिन्सिपल दिपक भट्टले बताए । विद्यार्थीहरुले पढेका कुराहरुलाई ब्यबहारमा उतार्नका लागी उक्त प्रर्दशनी गरिएको बताए । स्कुलले पढाई सँगै–सँगै ब्यबहारिक ज्ञानलाई प्राथमिकतामा राखी विद्यार्थीहरुको प्रतिभा र क्षमता देखाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको भट्टले बताए । प्रदर्शनीमा निष्ट फाउन्डेसनका अध्यक्ष माधब बराल, कलेजका निर्देशक राजेन्द्र घिसिङ्ग, प्रिन्सिपल दिपक भट्ट, सहायक प्रिन्सिपल रजिव श्रेष्ठ, प्रशासन प्रमुख पुण्य कट्टेल, शिक्षकहरु र विद्यार्थीहरुले अवलोकन गरेका थिए ।





