2026 April 16/ 10:22: 54pm

    पनौती/काभ्रे शिक्षा विकास प्रतिष्ठान अन्तर्गत सञ्चालित काभ्रे इङ्गलिस माध्यमिक विद्यालय २७ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । 
    माघ शनिबार र आईतबार दुई दिन वार्षिकोत्सव मनाइएको हो । पहिलो दिन पूर्व–प्राथमिक तहका विद्यार्थीहरुले मासुम नृत्य र संवाद प्रस्तुत गरेका थिए भने दोस्रो दिन कक्षा २ देखि १२ सम्मका विद्यार्थीहरूले सीप, सिकाई, ज्ञान र व्यवहारपूर्ण प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रमका सभापति काभ्रे शिक्षा विकास प्रतिष्ठानका अध्यक्ष जगन्नाथ अवाले कार्यक्रमको उद्घाटन गरेका थिए । अवाले विद्यालयको २७ वर्षे यात्राको प्रशंसा गर्दै “अनुशासन, व्यवहारिकता र गुणस्तर बिना शिक्षा अपुरो हुने बताए । विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गायन, नाटक, कविता, लोकनृत्य र झाँकीहरूले कहिले हसाए, कहिले भावुक बनाए र कहिले त “यस्तो प्रतिभा स्कुलमै लुकेको रहेछ ?” भन्ने सोच दिलाएको थियो ।
    कार्यक्रममा लोक साँंस्कृतिक क्षेत्रमा “चमेली बाको” नामले परिचित स्थानीय कलाकार गोविन्द तिमल्सिनालाई सम्मान गरिएको थियो । वार्षिकोत्सवकै अवसर पारेर माघ २० देखि २३ गतेसम्म चलेको चार दिने खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियो । विद्यालयका प्रिन्सिपल बसन्तराज नेपालले “पढाइसँगै खेलकूद पनि जरूरी रहेको बताए । त्यसैगरी  वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कक्षा टपर, विषयगत उत्कृष्ट, नियमित उपस्थित र जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।  प्रिन्सिपल नेपालले “वार्षिकोत्सव भनेको रमाइलो मात्र नभई विद्यार्थीभित्र लुकेको आत्मविश्वास र नेतृत्व क्षमता उजागर गर्ने अवसर भएको बताए । उनले विद्यालयलाई अझ उत्कृष्ट र नमुना शिक्षालय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका सञ्चालक समितिहरु, अभिभावक, शिक्षक विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।