2026 April 16/ 10:22: 55pm

बनेपा/धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा अंकुर प्रि–स्कुलमा स्वास्थ्य शिविर सम्पन्न  गरेको छ ।  
    शिविरमा बालरोग, कान आँखाका विशेषज्ञ र दन्त परीक्षण सम्बन्धी सेवा प्रदान गरिएको विद्यालयले जनाएको छ । 
धुलिखेल अस्पतालका डाक्टरहरु डा. सन्तोष गौतम, डा.आशिष ढकाल, मुन ताजाले, डा. दीक्षिता बज्राचार्य, चार्ली फ्लिन्ट, डा. सुविरा श्रेष्ठ, डा. रिग्वे कुमार, बिनु बस्नेत र रितु मानन्धरको सहभागिता थियो ।  उनीहरूले बच्चाहरूको स्वास्थ्य परीक्षण गर्दै, आवश्यक परामर्श र उपचारको व्यवस्था गरेका थिए ।  शिविरले विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई राम्रोसँग बुझ्न र भविष्यमा उनीहरूको स्वास्थ्यमा ध्यान दिन महत्तवपूर्ण कदम चालिएको जनाएको छ ।  अंकुर प्रि–स्कुलका प्रमुख र शिक्षकहरूले धुलिखेल अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरूलाई धन्यबाद दिदै अंकुर प्रि–स्कुलले भविष्यमा पनि यस्ता स्वास्थ्य कार्यक्रमहरूलाई  निरन्तर सञ्चालन गर्ने र विद्यार्थीहरूको समग्र स्वास्थ्य र शिक्षा प्रगति सुनिश्चित गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।