पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३२ औं स्थापना तथा एकीकरण दिवस सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभाध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उद्धव सापकोटा, पनौती न.पा. वडा नं. ४ का वडा अध्यक्ष दिपक दाहाल, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका कोषाध्यक्ष अर्जुन सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष उदयराम कायस्थ, रेडक्रस नेपाल काभ्रे शाखाका सभापति देवेन्द्र भैल, पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेका अध्यक्ष गोपाल दाहाल, संस्थाका निवर्तमान अध्यक्ष एवं जिल्ला सहकारी संघ लि. काभ्रेका सचिव प्रकाश बन्जारा, संस्थापक अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघ लिमिटेडका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाले विगतका वर्षहरु झै यस वर्ष पनि विभिन्न विधामा ११२ जना शेयर सदस्यहरुलाई सम्मानित तथा पुरस्कृत गरेको थियो । स्थापना दिवसको अवसरमा क्षेत्रगत तालिका बनाई सप्ताह व्यापी विविध कार्यक्रम आयोजना गरी उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिनेछ । स्थापना तथा एकीकरण दिवसको अवसरमा अस्पतालमा उपचाररत सदस्यहरुलाई निःशुल्क रगत उपलव्ध गराउने सम्बन्धी नेपाल रेडक्रश सोसाईटी काभ्रे शाखासँग भएको सम्झौतालाइ थप एक वर्षको लागि नविकरण समेत गरेको थियो साथै संस्थाको मुख्य कार्यालयको प्राड्डणमा भएको खुला रक्तदान शिविरमा ३७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
संस्थाका सचिव सरोज कुमार तिमल्सेनाले संचालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुर्य मानन्धरले स्वागत गरेका थिए । प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको परिचयात्मक प्रस्तुती राखेका थिए ।





