2026 April 16/ 10:24: 40pm

    पनौती/निर्वाचन आयोगले जारी गरेको आचार संहिता लगातार उम्मेदवारहरुले उल्लंघन गरिरहेका छन् । कतै बाजागाजाका साथ उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन् भने कतै मोटरसाईकल ¥याली निकालेर उम्मेदवारहरु भोट मागिरहेका छन् । आचार संहिता अनुगमनको जिम्मेवारी प्राप्त गरेका निकायहरु छलफलमा मात्रै सिमित भएको आरोप लागेको छ । 
    मुख्य निर्वाचन कार्यालय र क्षेत्र नम्वर १ को निर्वाचन कार्यालयमा आचार संहिता उल्लंघनका लिखित र मौखिक उजुरी पनि परेका छन् । निर्वाचन आचार संहिता जारी भए पछि सामाजिक सञ्जालमा पनि उम्मेदवार लक्षित टिकाटिप्पणी र दल विषेषका सामाग्रीहरुमा आचार संहिता विपरीतका सामाग्रीहरु प्रकाशन प्रशारण भईरहेका छन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्वर १ पनौतीमा आयोजित छलफलमा सहभागिहरुले आचार संहिता कडाईका साथ पालना गराउन सहभागीहरुले अनुरोध गरे । 
    कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपाने, क्षेत्र नम्वर १ का अधिकृत टिकाभुषण घिमिरे, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, सुरक्षा निकायका प्रमुखहरु तथा उम्मेदवार र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी थिए ।