2026 April 16/ 10:20: 44pm

    धुलिखेल/धुलिखेल अस्पतालको आफ्नै उत्पादन स्याहार मार्फत् जाडो मौसमलाई दृष्टिगत गरी छाला सम्बन्धी थप स्किन केयर प्रडक्टहरु बजारमा ल्याएको छ। एक्सपो मार्फत सबै ग्राहकहरुलाई पु-याउन सहज मानिएको उक्त उत्पादन हरेक दिन अस्पतालबाट खरिद गर्न सकिनेछ । 
    हिजो माघ ७ गते धुलिखेल अस्पताल परिसरमा आयोजना गरिएको एक्सपो भोलि शुक्रबार माघ ९ गते ललितपुर पुल्चोक स्थित लबिम मलमा स्किन केयर एक्सपो आयोजना हुँदैछ । यस स्याहार कम्पनीबाट उत्पादित छाला सम्बन्धी उत्पादनहरू मुख्यतया जडीबुटी एवं रैथाने वनस्पतिहरूबाटै तयार पारिएको हुनाले निकै पृथक रहँदै आएको छ । यी उत्पादनहरू अन्तर्राष्ट्रिय स्तरका छन् । छाला तथा यौनरोग विशेषज्ञ चिकित्सकहरूका अनुसार धुलिखेल अस्पतालको स्याहार प्रोडक्टहरू उत्पादित सबैजसो उत्पादनहरू गुणस्तरको हिसाबले मानवीय छालामैत्री हुँदै आएको छ । भारतीय तथा अन्य व्यावसायिक कम्पनीका प्रोडक्टहरुभन्दा स्याहार कम्पनीका प्रोडक्टहरू मूल्यको हिसाबले र गुणस्तरको हिसाबले निकै किफायती र राम्रो रहँदै आएको छ।यस स्याहार कम्पनीको अर्को विशेषता के छ भने यी छालाजन्य उत्पादनका लागि स्थानीय कृषकहरुबाट पनि कच्चा कृषि सामाग्रीहरु संकलन गरिँदै समुदायमा रहेका महिलाहरूको आत्मनिर्भरतामा बल पुग्दै आएको छ । त्यसैकारण पनि सेवाग्राही एवं खरिदकर्ताहरूले यी प्रोडक्टहरु खरिद गरेको खण्डमा अप्रत्यक्ष रुपमा नेपालकै दिदीबहिनीहरू लाभान्वित हुनेछ ।
    स्याहार कम्पनीका एडमिनिस्ट्रेटिभ अफिसर सचिन माकजूका अनुसार यस उत्पादनहरूको बिक्री पश्चात् संकलित रकम धुलिखेल अस्पताल एवं यसका आउटरिच सेन्टरहरुमा आउने गरिब एवं आर्थिक हिसाबले विपन्न नागरिकहरूको स्वास्थ्य उपचारमा खर्च गरिनेछ। यी उत्पादनहरूमा जनावरजन्य कुनैपनि वस्तु मिसाइएको छैन । र, उत्पादनको क्रममा कुनैपनि जनावरमा परीक्षण गरिएको तथा जनावरलाई दुःखकष्ट दिइएको तथा नकारात्मक असर पुर्याइएको छैन । नितान्त वनस्पतिमा आधारित उत्पादन भएकोले मानव मैत्री त छ नै, यी प्रोडक्टहरु वनस्पतिमा आधारित एवं जडिबुटीयुक्त छन् । एक्सपोका अवसरमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैले स्किन केयर एक्सपोको क्रममा माघ ७ गते धुलिखेल अस्पताल परिसरमा र माघ ९ गते ललितपुर स्थित लबिम मलमा आई स्याहार कम्पनीबाट उत्पादित छालाजन्य उत्पादनहरु खरिद गर्नका लागि अनुरोध गरेको छ ।’