2026 April 16/ 10:35: 55pm

    बनेपा/जनस्वास्थ्य कार्यालय काभ्रेको आयोजनमा बनेपा नगरपालिका भित्र रहेका  औषधी ब्यबसायी, निजी स्वास्थ्य संस्था, डिपार्टमेन्ट स्टोर सञ्चालकहरुलाई  आमाको दुधलाई प्रतिस्थापन गर्र्ने वस्तु (विक्री वितरण नियन्त्रण) ऐन २०४९ लगायत स्तनपान अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । 
    कार्यक्रममा बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटाले अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरेकी थिईन् । सापकोटाले १ वर्ष सम्म आमाको दुध खुवाएमा बालबालिकाहरुलाई कुनै रोग नलाग्ने बताईन् । आमाको दुध अमृत समान हुने भएकाले बालबालिकालाई पुगेसम्म आमाको दुध खुवाउनु राम्रो भएको सापकोटाले बताईन् । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले बजारमा विभिन्न किसिमका दुग्ध पदार्थहरु रहेकाले सचेत रहन र आवश्यक परेमा मात्रै आमाको दुध बाहेक बच्चाहरुलाई खुवाउन आग्रह गरेकी थिईन् । श्रेष्ठले बाल आहार सम्बन्धी सूचना र शिक्षा, स्वास्थ्य हेरचाह गर्ने निकाय तथा स्वास्थ्य कार्यकर्ताको दायित्व, उत्पादक तथा वितरकले गर्न नहुने कार्य, लेबल लगाउने सम्बन्धमा, निरीक्षण, अनुज्ञापत्र, अनुमतिपत्र वा अख्तियारी, निलम्बन वा रद्द गर्न सकिने र दण्ड सजायँका बारेमा बताएकी थिईन । 
    कार्यक्रममा जन–स्वास्थ्य अधिृकत दिपेन्द्र श्रेष्ठले अभिमुखीकरणमा स्वास्थ्य हेरचाह गर्ने कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न सरकारी, गैरसरकारी वा निजी संस्था वा संगठन वा व्यक्ति सम्झनुपर्ने र नर्सरी बाल हेरचाह संस्थाहरुलाई समेत जनाउने बताए । “स्वास्थ्य कार्यकर्ता” भन्नाले स्वास्थ्य हेरचाह गर्ने निकायमा काम गरिरहेको वा काम गर्न तालीम लिई रहेको र स्वास्थ्य हेरचाह गर्ने कार्यमा संलग्न पारिश्रमिक लिने वा नलिने व्यक्ति सम्झनु पर्छ । बच्चाहरुलार्ई पूरक खाद्य पदार्थ वा आमाको दूधलार्ई प्रतिस्थापन गर्र्ने वस्तु खुवाउने विषय समावेश भएको सूचना तथा शैक्षिक सामग्रीहरुमा माथि उल्लेखित जानकारीको अतिरिक्त देहायका स्तनपान गराउँदा लाग्ने खर्चको दाँजोमा आमाको दूधलार्ई प्रतिस्थापन गर्र्ने वस्तु खुवाउँदा लाग्ने खर्च, बच्चाहरुलाई स्वास्थ्य कार्यकर्ताहरुले उत्पादक वा वितरकबाट कुनैपनि किसिमले आर्थिक वा भौतिक उपहार स्वीकार गरेमा, स्वास्थ्य कार्यकर्ताहरुले कसैलार्ई कुनै उत्पादनको नमुना दिएमा, स्वास्थ्य कार्यकर्ताहरुले कुनै पनि तरिकाले उत्पादनको प्रवद्र्धन गर्र्ने स्वास्थ्य कार्यकर्तालार्ई एक हजार रुपैयाँँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजायँ हुनेछ उत्पादनको प्रमाणीकरण नलिई उत्पादन वा पैठारी गरेमा वा लेबल सम्बन्धी व्यवस्थाको उल्लंघन गर्ने उत्पादक वा वितरकलार्ई पन्ध्र हजार रुपैयाँँसम्म जरिवाना वा चार महिनासम्म कैद वा दुवै सजाय हुने अभिमुखीकरण कार्यक्रममा बताए । कार्यक्रममा धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी, बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख आशिष शर्मा कँडेल, नर्सिङ्ग अधिकृत गायत्री शर्मा पौड्याल लगायतले स्तनपान सम्बन्धीका बारेमा मन्तब्य राखेका थिए । 
    कार्यक्रम औषधी ब्यबसायी संघ काभ्रेका अध्यक्ष श्याम तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो । अभिमुखीकरण कार्यक्रममा नगरका ३० भन्दा बढी औषधि ब्यबसायी, निजी स्वास्थ्य संस्था, डिपार्टमेन्ट स्टोर सञ्चालकहरुको सहभागीता रहेको थियो ।