बनेपा/सफल बचत तथा ऋण सहकारी संस्थाको १७ औ वार्षिक साधारण सभाबाट जेन लामा निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको उपाध्यक्षमा राम प्रसाद सुवाल, सचिव क्षितिज लामा तामाङ, कोषाध्यक्ष राधेश्याम कमाचार्य र सदस्यहरुमा कृष्णचन्द्र पलाञ्चोके, जयराम तामाङ र भोजकुमारी लामा निर्वाचित भएका छन् । त्यसैगरी लेखा समिति संयोजक निमराज तामाङ एवं सदस्यमा सुब सिं तामाङ र केदार राय क्षेत्री रहेका छन् । कार्यक्रम संस्थाका अध्यक्ष कृष्णलाल नकर्मीको अध्यक्षतामा सम्पन्न भएको छ । अध्यक्ष नकर्मीले संस्थामा कुनै समस्या नभएकाले सदस्यहरुले ढुक्कले कारोबार गर्न आग्रह गरेका थिए । संस्था सहकारीको ऐन नीति र विनियम अनुसार सञ्चालन भएको नकर्मीले बताए ।
कार्यक्रममा संस्थाका सचिव जेन लामाले देशमा नै आर्थिक संकट परेकाले सहकारीमा समेत त्यसको प्राभाव परेको बताए । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब जेन लामाले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष विश्व श्रेष्ठले, लेखा समितिको प्रतिबेदन संयोजक क्षितिज लामाले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजीं १ करोड ४३ लाख ७३ हजार ६ सय रहेको छ भने वासलात १६ करोड रहेको जनाएको छ । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राजु पौड्याल, पूर्व अध्यक्ष बिजय लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष र पूर्व अध्यक्षद्वयलाई सम्मान गरिएको थियो ।





