बनेपा/जिल्ला बचत संघ काभ्रेको २८ औ वार्षिक साधारण सभा बाट पुनः उदयराम कायश्थ निर्विरोध निर्वाचित भएका छन् ।
सघंको उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिव राजन अधिकारी, कोषाध्यक्ष जीवन श्रेष्ठ संचालक समिति सदस्यहरुमा विनोद सापकोटा,जान्दवी अधिकारी, श्रीकृष्ण न्यौपाने, चन्दा श्रेष्ठ, राजन सापकोटा निर्वाचित भएका छन् । त्यसै गरी लेखा समिति संयोजक शिवप्रसाद आचार्य सदस्यमा नवराज केसी र राजकुमार आचार्य निर्वाचित भएका छन् । साधारण सभाको अध्यक्षता उदयराम कायस्थले गरेका थिए । सघंले ४ वर्षमा गरेको कामको समिक्षा, सहारीका सवाल र अहिलेको सहकारीको अबस्थाका बारेमा प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले प्रस्तुत गरेका थिए । कार्यक्रममा सघंको बार्षिक प्रतिबेदन सचिब सुरेन्द्र प्रसाद पौडेलले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष जीवन श्रेष्ठले राखेका थिए भने लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक शिबप्रसाद आचार्यले प्रस्तुत थिए । सघंले आर्थिक वर्ष २०८१÷०८२ मा शेयर लगानी ६८ लाख ४० हजार १ सय, ऋण लगानी ४६ करोड ८७ लाख ४१ हजार, वित्तिय लगानी ३१ करोड रहेको जनाएको छ ।
सघंका अध्यक्ष उदयराम कायस्थले संघले तरलता संकट परेका संस्थाहरुलाई तरलता व्यवस्थापन गर्न ५ करोडको विशेष ऋण सेवा मार्फत सहुलियत दरमा ऋण लगानी गरिएको, संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र व्यवस्थापन प्रमुखहरुलाई लक्षित गरी निशुल्क सदस्य सक्षमता विकास तालिम मार्फत समितिका पदाधिकारीको काम कर्तव्य र अधिकार, सुशासन, ऋण लगानी र असुलीको कानूनी प्रक्रियासँग सम्बन्धित विषयमा संघका उच्च व्यवस्थापनबाट तालिम प्रदान गर्दै आएको बताए । सघंले सामाजिक कृयाकलाप अन्र्तगत सामाजिक दायित्व पूरा गर्न संघ अग्रसर रहेको बताए । गत असोज ११ र १२ गतेको अबिरल बर्षाले गरेको क्षतिग्रस्त स्थानहरुमा स्थानीय पालिकासँग समन्वय गरी विभिन्न संघ संस्थाले गर्नुभएको आर्थिक सहयोग रु १ लाख २३ हजार ४ सय र संघको तर्फबाट रु २ लाख ७, हजार गरी कुल ३ लाख ३० हजार बराबारको समाग्रीहरु सहयोग गरिएको कायस्थले बताए । जिल्लाका विभिन्न धार्मिक तथा साँस्कृतिक स्थलमा हुने फोहर व्यवस्थापनका लागि ३५ थान डस्टविन वितरण गरिएकोे, संस्थाको जोखिम र सुधारात्मक अनुगमन गरी कुल ४७ वटा संस्थाको अनुगमन गरेको, कुल ६३ वटा तालिम गोष्ठिको आयोजना गरी कुल २ हजार ४ सय ७ सहभागी रहेको बताए ।
कायस्थले सहकारी संस्थाहरु सम्बन्धित निकायहरुबाट समयमा नै प्रभावकारी नियमन नभएको र सहकारी संस्थाहरुले आफ्नो उद्देश्य अनुसारको कार्यहरु गरे नगरेको जाँचबुझ हुन नसकेका कारण सहकारी अभियानले बदनामी सहन परेको, नियामक निकायले सहकारीको गुणस्तरीय सेवाको आधारमा वर्गिकरण गरी उपयुक्त पुरस्कार र दण्डको व्यवस्थापन नगर्दा, संचालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी र सदस्य समेत जिम्मेवार नहुँदा सम्पूर्ण सहकारी अभियानले ठुलो समस्या भोग्नुपरेको कायस्थले बताए । कार्यक्रममा बागमती प्रोस्कुनका अध्यक्ष उद्धब सापकोटा, सघंका सल्लाहाकारहरु तिर्थमाया प्रधान, रामहरी केसी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीलले राखेका थिए ।





