बनेपा/काभ्रे जिल्ला इसाई समन्व्य समिति, काभ्रेली इसाई एकता संगती र काभ्रे ख्रीष्टियन समाज को संयूक्त सक्रिय सहभागितामा जिल्ला प्रशाासन कार्यलय मार्फत ज्ञापन पत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादूर राउत र सहायक प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीलाई २०७६ बैशाख १० गते मंगलबार बिहान ७ बजे दाङ जिल्लाको घोराहीमा भएको घटनाका बारेमा ध्यानाकर्षण पत्र बु्झाईएको थियो । ध्यानाकर्षण पत्रका बारेमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीले सकारात्मक प्रतिक्रिया दिदै तत्काल यस पत्रका बारेमा गृह मन्त्रालयमा समेत जानकारी गराउने बताए । विगत केही महिनादेखि देशभरि नै अल्पसंख्यक धार्मिक समुदाय, खासगरी नेपाली ख्रीष्टियन समुदायविरुद्ध सुनियोजित ढंगले गतिविधिहरू भैरहँदा पनि धर्म निरपेक्ष राज्यको लोकतान्त्रिक सरकार बेखबर झैं रहेको कुरामा ध्यानाकर्षण गराउँदै दाङ जिल्लाको घोराही बजारमा रहेको डोको होटेलमा बसेका नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेल लगायत गौरव श्रीवास्तव (भारतीय नागरिक), लिएन्ना सिन्क्वान्टा (अमेरिकी नागरिक), कुन्साङ तामाङ र सवारी चालक प्रमोद काफ्ले समेत ५ जनालाई दाङ जिल्ला प्रहरी कार्यालयका एस.पी. बेलबहादुर पाण्डे स्वयम्को पहलमा पूर्वाग्रही ढंगले वास बसेको होटलबाटै पक्राउ गर्नु पर्ने उचित कारण नजनाई (पक्राउ पुर्जा नदिई) गैरन्यायिक थुनामा लिएको ३४ घण्टासम्म आफन्त र कानुन व्यवसायीसमेतलाई भेट्न नदिई भोलिपल्ट दिउँसो ४ बजे जिल्ला अदालतमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धर्मसम्बन्धी महल दफा १५८ अनुसार “धर्मपरिवर्तनको उद्योगसमेत” भनी नक्कली साक्षीसमेत खडागरी मुद्धा दायर गरेको घटनाको राष्टिय तथा अन्तरराष्यि कानुन अनुसार व्यक्तिको न्युनतम् मानव अधिकारजस्तो संवेदनशील विषयलाई नजर अन्दाज गर्दै पूर्वाग्रही भएर धार्मिक सद्भावमाथि खलल पु¥याउने नियतबश मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२ विपरीत शान्तिपूर्ण अवस्थामा नियन्त्रणमा लिइएका बन्दीहरूलाई जघन्य अपराधीलाई भन्दा पनि दूव्र्यवहार गर्ने सुरक्षाकर्मीजस्तो जिम्मेवारीमा रहेका एस.पी. पाण्डेले मानव अधिकारको गम्भीर उलंघन गरिएको हुँदा निजलाई तत्काल बर्खास्त गरी कार्वाही माग गरी ध्यानाकर्षण पत्र बुझाइएको हो ।
काभ्रे जिल्ला इसाई समन्वय समिति अध्यक्ष पाष्टर रुप बहादूर राना, काभ्रेली इसाई एकता संगतीका अध्यक्ष पाष्टर केशब बहादूर राना, काभ्रे ख्रिष्टियन समाजका अध्यक्ष पाष्टर परिच्छेद शर्मा लगाएत काभ्रे जिल्लाका प्रतिनिधि पाष्टरहरु राम चन्द्र विशुन्के, राजन परियार, निर्मल तामाङ्ग, पञ्च प्रजापति, दिपक राई, अजय शाह, पिटर कार्की र पुनम विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।





