बनेपा/जनज्योती माध्यमिक विद्यालयको ६५ औ वार्षिकोउत्सब, अभिभावक दिबस तथा पुरस्कार वितरण कार्यक्रम बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यातमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि शाक्यले बनेपा नगरपालिका शिक्षाको हवको रुपमा रहेको बताए । नगरमा सामुदायीक विद्यालयले समेत आइ ए सो ब्राण्ड प्राप्त गरिसकेकाले थप अन्य विद्यालय प्रक्रियामा रहेको शाक्यले बताए । गुणस्तरीय तथा प्राविधिक शिक्षालाई नगरले प्राथमिकतामा राखी काम गरिरहेको शाक्यको भनाई थियो । हरेका सामुदायीक विद्यालयमा फरक फरक खालको विशेषता राखी विद्यार्थीहरुको चौतर्फि विकासमा ध्यान दिन शिक्षकहरुलाई निर्देशन दिएका थिए । नगरले प्राबिधिक धार तर्फमा जोड दिई विद्यार्थीहरुलाई पढाई सगै सिप सिकाई आत्मनिर्भर बनाउने लक्ष्यमा रहेको नगर प्रमुख शाक्यले बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जिवन भण्डारीले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । विद्यालयमा नर्सरी देखी कक्षा १२ सम्म ३ सय १२ जना विद्यार्थीहरु रहेको बताए । विद्यालयले विद्यार्थीहरुको गुणस्तस्तरमा कमी आउन नदिन अतिरिक्त कक्षाहरु समेत सञ्चालन गरी गाुणस्तरीय शिक्षालाई निरन्तरता दिएको बताए । २०८१ को एस ई. ई परिक्षामा ९९ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका र आगामी शैक्षिक सत्रमा शतप्रतिशत विद्यार्थी उतिर्ण गराउने योजना रहेको बताए । विद्यालयमा विद्र्यीहरुको सदन विभाजन गरी उनिहरुको क्षमता अनुसारका विभिन्न अतिरिक्त कृयाकलापहरु गर्दे आएको भण्डारीले बताए ।
कार्यक्रमका सभापति तथा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्काले विद्यालयमा भौतिक निमार्ण देखी विद्यार्थीहरुको सहजताका लागी स्कुल बसको ब्यबस्था गरिएको बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको लागी कुनै कमि हुन नदिन विद्यालय ब्यबस्थापन समिति लागी रहेको खड्काले बताए । कार्यक्रममा २०८२ मा भएका विभिन्न खेलकुद कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने अक्षयकोष स्थापना सहयागी दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १० का वडा सदस्यहरु, विभिन्न सघं सस्थाका प्रतिनिधीहरु लगाएतको उपस्थिति रहेको थियो ।





