बनेपा/बनेपा नगरपालिका वडा नम्वर ९ ले वडा भित्र रहेका युवा तथा बेरोजगार नागरिकहरुलाई रोजगार उपलब्ध गराउन सीप सिकौं, आत्मनिर्भर बनौ भन्ने अभियानलाई कार्यान्वनका लागि विभिन्न तालिमहरु आयोजना गरेको छ ।
मंगलबार देखि २१ दिने बारिष्टा (कफी) तालिममा वडा भित्र रहेका ४३ युवाहरु सहभागि भएका छन् । ‘सबै नागरिकहरु आर्थिक रुपमा सक्षम बनाउन सीप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यले विभिन्न निकायको समन्वयमा तालिमहरु आयोजना गरिरहेका छौं’–का.वा वडा अध्यक्ष मनिषा तामाङले भनिन् ।
बनेपा ९ ले महिलाहरुका लागि सिलाई कटाई, बुनाई, अचार, झोल साबुन बनाउने, तथा अन्य तालिमहरु आयोजना गरिरहेको तामाङले बताईन् । वडाका नागरीकहरुलाई आफुलाई आवश्यक पर्ने तालिलमा सहभागी भई आत्मनिर्भर हुन तामाङले आग्रह गरेकी थिईन् । तालिममा का.वा वडा अध्यक्ष मनिषा तामाङ, वडा सदस्यहरु गणेश सापकोटा, शोभा मिजार, रमेह शाही, वडा सचिब सोम थोक्कर, बारिष्टा तालिमका प्रशिक्षक तथा बनेपा वारिस्ता एण्ड वार्टेन्डिङ एकेडेमीका प्रवन्ध निर्देशक अनिश प्रजापति लगायतले तालिमका महत्व र आवश्यकताका बारेमा धारणा राखेका थिए । तालिम बनेपा वारिस्ता एण्ड वार्टेन्डिङ एकेडेमीमा सञ्चालन भैईरहेको छ ।





