नाला/पतंजली योग समिति बाग्मती प्रदेश, पंतजली योग समिति काभ्रे, महिला पंतजली योग समिति काभ्रको आयोजना र सृष्टि कान्त लोकेश्वर योग साधना केन्द्र उग्रचण्डी नालाको व्यवस्थापनमा बनेपा न.पा ४ नालामा १५ दिने सहयोग शिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । उक्त तालिमको उद्धघाटन बनेपा न.पा ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले गरेका थिए । कार्यक्रममा पंतजली योग समिति बागमती प्रदेश प्रमुख ग्रुवेन तौजले प्रमुख प्रशिक्षक रहेका छन् । तालिम उद्घाटन समारोहको सभापतित्व पंतजली योग समिति काभ्रेका का.वा. अध्यक्ष मोहनकृष्ण श्रेष्ठले गरेका थिए । कार्यक्रममा पंतजली योग समिति बाग्मती प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले र युवा नेपालका अध्यक्ष रमेश श्रेष्ठले योग सम्बन्ध िमन्तव्य राखेका थिए । कार्यक्रममा पंतजली योग समिति महिला समितिका महामन्त्री लक्ष्मी श्रेष्ठ, संगठन मन्त्री कान्छाकुमार श्रेष्ठ, सुन्दर कर्णजित, लक्ष्मी उलक, शिव प्रसाद तिमल्सिना लगायतका पदाधिकारीहरु र योग साधक साधिकाहरुको उपस्थिति रहेको थियो । तालिममा ३५ जना योग साधक साधिकाहरुले भाग लिएका संञ्चार प्रभारी मिलनभक्त श्रेष्ठले जानकारी दिए ।





