2026 April 17/ 12:48: 54am

    बनेपा/काभ्रे जेसीज, काभ्रे लेडिज जेसीज र बनेपा जुनियर जेसीजले वर्ष २०२५ भरी विभिन्न सामाजिक, शैक्षिक, वातावरणीय तथा नेतृत्व विकास सँग सम्बन्धित कार्यक्रमहरू सम्पन्न गर्दै समापन गरेको छ । 
    जेसीजले बनेपाका ८ गणेश मन्दिरमा आस्था बिनायक दीप प्रज्वलन, युवा अवस्थामा लचिलोपन जसले सपनालाई वास्तविकतामा परिणत गर्छ, ईपीएस प्रभावकारी सार्वजनिक भाषण तालिम, कला प्रतियोगिता, वक्तृृत्वकला, चित्रकला लगायतका विभिन्न कार्यक्रमहरु गरेको जानाएको छ । 
    समुदायमा जेसीज कार्यक्रमहरु विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि निरन्तरता दिईएको कार्यक्रमका सभापति तथा काभ्रे जेसीजका अध्यक्ष पुजन मर्हजनले बताए । जेसीज भनेकै एकता र समुदाय सँग मिलेर सामाजिक कार्य गरिने भएकाले जेसीजको टिमले धेरै काम गर्न सफल भएको महर्जनले बताए । काभे्रे लेडिज जेसीजकी अध्यक्ष रविना सेवाचार्यले जेसीजमा आफु लागेदेखी नै नेतृत्व र क्षमता विकास, संस्कार र अनुशासित हुन सिकेको बताईन् । समापन कार्यक्रम प्रमुख अतिथी प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथी विष्टले प्याब्सन र जेसीज मिली धेरै सामाजिक कामहरु गर्न सकिने बताए । विद्यार्थीहरुको क्षमता विकासमा दुवै संस्थाको सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा काभ्रे जेसीजका पुर्व अध्यक्ष ईन्द्र नारायण भैल, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, बनेपा जुनियर जेसीजकी श्रेया मानन्धर लगायतले समुदायमा जेसीजका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रममा बक्तृत्वकला प्रतियोगितामा प्रथम नेपाल प्रहरीकी सृष्टि दास, द्वितीय सोही विद्यालयका युवराज सिं र तृतीय ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानकी कृषा चौलागाई भएका छन् । प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।