2026 April 17/ 12:48: 54am

    मंगलटार/विभिन्न अभियोगमा पटक–पटक पक्राउ परेर फरार रहेका रोशी १२ का २१ बर्षिय युवक दुधराज तामाङ हिरासत भित्र रहेको शौचालयमा झुण्डिरहेको अवस्थामा आईतबार विहान फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । हिरासतमा अर्का एक ब्यक्ति पनि सँगै थिए । 
    ईलाका प्रहरी कार्यालय मंगलटार प्रहरी चौकीले रोशी १२ का २१ बर्षिय दुधराज तामाङलाई चोरीका सामान सहित आईतबार साँझ पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राखेको थियो । उनी जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दायर भएको विभिन्न अभियोगका प्रतिवादी पनि हुन् । केहि समय अघि उनी तेमाल गाउँपालिकाबाट बच्चा सहितको महिला भगाएको आरोपमा पक्राउ परेका थिए भने माम्तिमा पनि त्यस्तै अभियोगमा फरार थिए । पुनः उनी चोरी अभियोगमा फरार थिए ।  विभिन्न स्थानमा चोरी गरेको सूचनाका आधारमा उनलाई प्रहरीले खोजी गरिरहेको थियो । 
    आईतबार उनी जिल्ला अदालतमा तारेख लिन जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै उनको घरबाट चोरी भएका केहि सामाग्रीहरु पनि प्रहरीले बरामद गरेको थियो । बरामद भएका सामान र थप अनुसन्धानका लागि हिरासतमा रहेका बखत उनले राति शौचालयमा आफैले ओढेको कम्वलको छेउको धागो प्रयोग गरेका थिए । सोमबार विहान हिरासतमा उनलाई नदेखे पछि प्रहरीले शौचालय भित्र हेर्दा उनी ब्लाङ्गकेटको डोरी प्रयोग गरेर झुण्डिरहेको अवस्थामा फेला पारेको हो । 
    हिरासतमा दुधराज तामाङ सहित अर्का एक ब्यक्ति पनि छन् । अत्याधिक मापसे सेवन गरी सामाजिक सद्भाव खलल पु¥याएको अभियोगमा उनी हिरासतमा थिए ।