बनेपा/विद्यासागर अंग्रेजी माध्यमिक विद्यालयमा अध्यनरत प्रि–प्राईमरी अन्तर्गत नर्सरी, युकेजी र एलकेजीका विद्यार्थीहरुले तयार गरेका शैक्षिक सामाग्रीहरु विद्यालयको प्राङ्गणमा प्रर्दशनी गरेका छन् ।
विद्यार्थीहरुले आफ्ना अभिभावकहरुलाई आफुले पढेका विषयहरुलाई तयार पारी प्रर्दशनीमा राखेको शैक्षिक एकेडेमीको अडिनेटर सोमा श्रेष्ठले बताईन् । प्रर्दशनीमा सिर्जनात्मक परियोजना, चित्रकला, अक्षर–सख्या सम्बन्धी, सामाग्री तथा हस्तकला लगाएतका सामाग्रीहरुलाई प्रर्दशनीमा राखेका थिए । उनिहरुको क्षमता र नेतृत्व विकासका लागी एवं अभिभावक र विद्यार्थीहरुको अन्तक्र्रियात्मकका लागी उक्त प्रर्दशनीले सहयोग पुग्ने तथा बालबालिकाहरुको सिकाई क्षमता र आत्मविश्वास समेत बढ्ने श्रेष्ठले बताईन् । पढाईसँगै विद्यार्थीहरुलाई ब्यबहारिक ज्ञानले समेत उनिहरुको क्षमता र नेतृत्वको विकास हुने बताईएको छ । विद्यासागर स्कुलमा विभिन्न अतिरिक्त क्रियाकलापहरु हँुदै आएको छ । विद्यार्थीहरुलाई क्षमता विकासका लागी लोप हुदै गएको सिपहरुलाई सिकाउँदै आएको प्रिन्सिपल हिरा शर्मा नेपालले बताए । विद्यालयले टपरी गाँस्ने, बत्ति काट्ने, डोको, गुन्द्री बन्ने जस्ता सिपमुलक र लोप हुदै गएको संस्कृतिको जर्गेनाका लागी युवाहरुलाई नेवारी कल्चर, आमा–बुबाको मुख हेन पर्व, कन्या÷कुमार पुजा, लगाएतका थुप्रै विषयमा उनिहरुलाई ब्यबहारिक ज्ञान मार्फत सिकाईलाई प्राथमिकता दिईएको प्रिन्सिपल शर्माले बताए । गुणस्तरीय शिक्षासँगै ब्यबहारी, प्राविधिक शिक्षामा विद्यालयको पहिलो प्राथमिकता भित्र पर्ने शर्माले बताए । शर्माले विद्यार्थीहरुको चौर्तफी विकासका लागी अभिभावकको सकारात्मक सहयोग र विद्यार्थीहरुको मेहनतका कारणले विद्यालयलाई हौसला मिल्ने शर्माले बताए ।





