2026 April 17/ 12:36: 40am

    बनेपा/सुडेश्वर बचत तथा ऋण सहकारी संस्थाको १७ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष शिवप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ । 
    त्रसभामा स्वागत मन्तब्य उपाध्यक्ष विन्दा तिमल्सिनाले राखेकी थिईन् । सभामा अध्यक्ष तिमल्सिनाले सहकारीको अबधारणा र उद्देश्य अनुरुप नै समुदायमा छरिएर रहेका स–साना पुजींलाई संकलन गरी सोको अधिकतम् परिचालन गरी सदस्यहरुको आर्थिक सामाजिक र उन्नतीमा संस्थाको योगदान रहेको बताए । सहकारीको सम्पूर्ण ऐन नियमा रहि सदस्यहरुको जीवनस्तर उकास्न संस्था लागी रहेको र सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यहरु गर्दै आएको अध्यक्ष तिमल्सिनाले बताए । 
    सभामा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सचिव ईश्वरप्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामेश्वर खत्रीले लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन संयोजक महेश थापाले प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजीं ४९ लाख ८३ हजार ५ सय, बचत निक्षेप ५ करोड १३ लाख ५ हजार, ऋण लगानी ३ करोड ८९ लाख ५५ हजार  र कोष स्थापना ३ लाख ८९ हजार रहेको बताईएको थियो । कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता, ऋणी, जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको कोषाध्यक्ष रामेश्वर खत्रीले जानकारी दिएका छन् ।