2026 April 17/ 12:36: 41am

स्तरीय अभिमुखिकरण तथा कार्ययोजना निर्माण गोष्ठि
    पनौती/बालमैत्री स्थानिय शासन घोषणा र दिगोपनाको लागि अन्तरपालिका स्तरीय अभिमुखीकरण तथा कार्ययोजना निर्माण गोष्ठी पनौतीमा सम्पन्न भएको छ । 
    गोष्ठिमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले १३ वटै पालिकाको कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्लाको अबस्था र अबको भूमिका लगायत पालिकास्तरमा भएका प्रगतिका बारेमा बताएका थिए । समन्वय समितिले धुलिखेल, बनेपा, पनौती नगरपालिका तथा बेथान्चोक गाउँपालिका, खानीखोला गाउँपालिका, प्रमुख उप–प्रमुख, वडा अध्यक्षहरु, प्रमुख प्रशासयिक अधिकृत, नगरस्तरीय बाल सञ्जालका प्रतिनिधहरु, सिविन बाल गृहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बञ्जाराले स्वागत मन्तब्य राखेकी थिईन् भने शुभकामना मन्तब्य नगर प्रमुख रामशरण भण्डारी, समन्वय अधिकारी शिब प्रसाद हुमागाई, जनस्वास्य प्रमुख रागिश्री कक्षपती श्रेष्ठ लगायतले राखेका थिए । कार्यक्रममा गौतमले यसअघि महाभारत, तेमाल, रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर, पाँचखाल नगरपालिका र भुम्लु, चौरीदेउराली गाउँपालिकाको सम्पन्न गरिसकेको बताए ।