५० करोड लगानीमा जिप लाईन सहितको सुविधा
बनेपा/युवाहरुको सक्रियतामा बनेपामै सुविधा सम्पन्न रिसोर्ट संचालनमा आएको छ । गर्मीको मौषम शुरु भए सँगै रिसोर्टले संचालनमा ल्याएको स्विमिङ्ग पुलले सर्वसाधारणलाई राहत उपलब्ध गराएको छ ।
गौतम भिलेज रिसोर्ट प्राली मार्फत बनेपामा नगरपालिकामा पहिलो पटक प्रविधि मैत्री रेष्टुरेन्ट, पार्टी हल, स्विमिङ्ग पुल, जिप लाईन, बाल उद्यान सहितको सुविधा उपलब्ध हुनेछ । २० वर्ष देखि सिन्धुपाल्चोकमा रहेको द लास्ट रिसोर्टले संचालन गरेको बन्जी नेपालमा कार्यरत विश्व बजगाईले जिप लाईनको ब्यवस्थापन गर्नेछन् । ब्यापारिक नगर बनेपामा पहिलो पटक यस्तो सुविधा सहितको रिसोर्ट संचालनका लागि केहि पुर्वाधारहरु तयार भईसकेका छन् । जिप लाईनको बालबालिका देखि बृद्धसम्मले उपभोग गर्नेछन् । आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि जिप लाईन र स्विमिङ्ग पुलको उपयोगले थप मनोरञ्जन दिनेछ । बनेपा बसपार्क हुँदै बनेपा नगरपालिकाको पछाडीबाट सिनागाल पुग्न सकिने गौतम भिलेज रिसोर्टबाट बनेपा लगायतका स्थानहरुको अवलोकन गर्न सकिनेछ । अरनिको राजमार्गबाट सवारी साधनमा ५ मिनेट तथा पैदल जानु पर्दा १५ मिनेटमा पुग्न सकिने गौतम भिलेज रिसोर्टमा जिप लाईनका लागि जम्को साईडहरु निर्माण भईरहेको छ । स्वीङ्ग प्लेट फर्महरु र जिप लाईन टाओर निर्माण कार्य भईरहेको संचालक विश्व बजगाईले बताए । सुरक्षित रुपमा जिप लाईनबाट मनोरञ्जन लिन सकिने बजगाईले बताए । केहि महिना भित्रै जिप लाईन सञ्चालनमा आउने बजगाईको भनाई छ ।
गौतम भिलेज रिसोर्ट प्रालीले प्रविधि मैत्री ब्यवस्थापन सहित स्विमिङ्ग पुल संचालनमा ल्याई सकेका अध्यक्ष ढलक गौतमले बताए । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टमा आगामी दिनमा ६० कोठाको लिफ्ट सहितको होटल निर्माणको लक्ष्य लिएको छ । बाल उद्यान निर्माण त्यहि भवन सँगै निर्माण हुनेछ । रिसोर्टले एकै पटक १ सय ५० भन्दा धेरै ब्यक्तिहरुले पौडी खेल्न सक्ने स्विमिङ्ग पुल संचालनमा ल्याएका छ । बच्चा र ठुला ब्यक्तिहरुका लागि अलग अलग स्विमिङ्ग ब्यवस्थापन गरिएको छ । बच्चाका लागि साढे २ फिट र ठुला ब्यक्तिहरुका लागि ४ देखि ७ फिटसम्म गहिरो स्विमिङ्ग पुल निर्माण गरिएको छ । पानी र स्याम्पु निशुल्क उपलब्ध गराई विभिन्न सुविधा सहित सहुलियत शुल्कमा स्विमिङ्ग पुल संचालनमा ल्याएको रिसोर्टमा रातको समयमा पनि पौडी खेल्न सकिन्छ । पौडी पोखरी भित्रै बत्ति जडान गरिएको नयाँ प्रविधिबाछ फिल्टर सहितको पानी फेरबदल गर्न नपर्ने स्विमिङ्ग पुलको मज्जा लिन सर्वसाधारणहरुको बाक्लो उपस्थिती हुन लागेको छ ।
६÷७ जना युवाहरुको लगानीमा निर्माण भएको उक्त रिसोर्टका लागि १९ करोेड भन्दा धेरै खर्च भई सकेको अध्यक्ष ढलक गौतमले बताए । विवाह, व्रतवन्ध तथा विभिन्न कार्यहरुका लागि पार्टी हल तथा रेष्टुरेन्ट र क्याटरिङ्गको सुविधा उपलब्ध गराएको छ । होटलले लिएको लक्ष्उ अनुसारका संरचना निर्माण सम्पन्न हुँदा झण्डै ५० करोड लगानी हुनेछ । दैनिक २० जना भन्दा धेरैले रोजगार प्राप्त गरेको रिसोर्ट राजधानीबाट नजिकै भएकाले राजधानीका रहेकाहरुलाई पनि उक्त रिसोर्टको सुविधा सहज हुनेछ अध्यक्ष गौतमले बताए । फरक फरक सुविधा उपलब्ध हुने रिसोर्ट बनेपा नगरको पहिलो हो ।





