2026 April 17/ 12:28: 18pm

    चलाल/नेपाल कम्न्युनिष्ट पार्टी (नेकपा) बेथान्चोक गाउँपालिका ४ नं वडा कार्यालयको उद्घाटन नेकपाका केन्द्रिय सदस्य तथा सञ्चार तथा प्रबिधि मन्त्री गोकुल प्रसाद बास्कोटाले एक कार्यक्रमका विच गत शनिबार उद्घाटन गरेका छन् । 
    कार्यक्रममा बोल्दै बास्कोटाले आगामी बजेटमा बृद्ध भत्ता बढ्ने र ५ वर्षमा ५ हजार पु¥याउने बृद्धाहरुको १ लाखको स्वास्थ्य विमा समेत गरिएको बताएका छन् । सरकार बृद्धबृदाहरुलाई सेवा सुबिधा दिदै जाने तर कमाउने सन्तानहरुले आफ्ना आमा बाबुहरु प्रतिको दायित्व र कर्तब्य  विर्सदै जाने हो भने समाज कतातिर जान्छ  भनि प्रश्न गरेका छन् ? ‘सरकारले यस्का लागी पनि कानुन ल्याई सन्तानले कमाएको केही प्रतिशत बाबुआमाको खातामा राख्नु पर्ने छ’– बास्कोटाले बताए । सञ्चार क्षेत्रले पनि स्थानीय सरकार, प्रदेश सरकार केन्द्र सरकारले गरेका विकासका कामको प्रचार नगरी खाली नकारात्मक कुराको मात्र प्रचार गरेको आरोप लगाए । राम्रोलाई राम्रो लेख्नुहोस, गल्ती गरेको छ भने गल्ति लेख्नुहोस,ु सबैलाई एउटै डालेमा हालेर समृद्ध नेपाल, सुखि नेपाल बनाउन नसकिने बताएका थिए । जनतालाई खाली निराशा मात्र नबनाई सरकारले गरेका राम्रा कामको पनि प्रचार गर्न आग्रह गरेका थिए । मन्त्री बास्कोटाले विपक्षी दल नेपाली कांग्रेसलाई २२ वर्ष सरकारमा बस्दा केही गर्न नसकन्ने अनि एक बर्षमा यो गरेन त्यो गरेन भन्ने, सरकारले १ वर्षमा धैरै काम गरेको छ त्यो केही समयमा देखिन्छ बास्कोटाले भने । कार्यक्रममा नेकपा जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाईले कम्युनिष्ट भनेको धातुले बनेका हुन्छ्न् त्यसैले कोहि पनि बिचलित नहुने बताएकी थिईन् । उनले १ वर्ष भित्र पार्टिको नगर गाउँ र वडामा समेत बैज्ञानिक ढगंले कमिटी गठन गरिने बताएकी थिईन् । सबै कार्यकर्ताहरुलाई चलाएमान हुन र स्थानिय सरकार र पार्टीले गरेका कामहरुको तलै सम्म जनतालाई बुझाउन आग्रह गरेकी थिईन् । 
    कार्यक्रममा  प्रतिनिधी सांसद गंगा बहादुर दोङ, प्रदेश सांसद बसुन्धरा हुमागाई, नेकपा जिल्ला कमिटी सचिब एवं मण्डनदेउपुर नगरपालिका नगर प्रमुख टोक बहादुर वाईवा, पार्टीका स्थानीय नेता बेदप्रसाद तिमल्सिना, पेमा लामा, तारा राना, प्रेम बहादुर लामा लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा वडाका जेष्ठ कम्युनिष्ट नेताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा श्याम लोप्चनको संयोजकत्वमा ३५ सदस्यीय वडा कमिटी गठन गरेका थिए । जसमा उपाध्यक्ष हिरा तामाङ, सचिब छविलाल श्रेष्ठ, सदस्य देवकी श्रेष्ठ लगाएत रहेका छन् । 
कार्यक्रमको सभापतित्व संयोजक श्याम लोप्चनले गरेका थिए ।