2026 April 17/ 12:48: 54am

    बनेपा/बाँसडोल सामुदायीक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागमती प्रदेशस्तरमा उत्कृष्ट भई उत्कृष्ट सहकारी संस्था सम्मान पुरस्कार पाएको छ । 
    सहकारी संस्था समुदायमा आधारीत रही सहकारी विकास, प्रर्वद्धन तथा सामाजिक रुपान्तरणका क्षेत्रमा संस्थाले पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडले पुरस्कृत गरेको जनाएको छ । राष्ट्रिय सहकारी संघको २२ औ वार्षिक साधारण सभाका अबसरमा सहकारीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष सुरेन्द्र महतले बताए । बंैकका अध्यक्ष महेन्द्र कुमार गिरीले बाँसडोल सामुदायीक बहुउद्देश्यीय साकोसका अध्यक्ष सुरेन्द्र महतलाई सम्मान–पत्र प्रदान गरेका थिए । उक्त साकोस बागमती प्रदेशको उत्कृष्ट सहकारीका रुपमा सम्मानित भएको हो । उक्त सम्मानले संस्थालाई जिम्मेवार, समुदायमुखी, सेवामा अझै समर्पित रहन र सहकारीको मुल्य मान्यताको संरक्षण, सहकारीको निती र विधि अनुसार सञ्चालन भएकोमा सहकारी आर्थिक र सामाजिक क्षेत्रमा अझ प्रभावकारी रहने अध्यक्ष महतले बताए । संस्थाको  कुल शेयर पुजीं २ करोड ३२ लाख ९२ हजार, कुल बचत १८ करोड २३ लाख ३४ हजार, ऋण लगानी १८ करोड ३३ लाख ३७ हजार, जगेडा कोष २ करोड २० लाख २ हजार, कुल पुजीं २५ करोड ४५ लाख ५ हजार रहेको प्रमुख कार्यकारी अधिकृत अनन्त तिमिल्सनाले बताए । सहकारीले सदस्यहरुको आयमा बृद्धि गर्न विभिन्न सिपमुलक तालिम, सदस्य लक्षित कार्यक्रम, विभिन्न सामाजिक कार्यहरु गर्दै आएको तिमल्सिनाले बताए ।