2026 April 17/ 12:28: 18pm

    बनेपा/युवा बचत तथा ऋण सहकारी संस्था लि.ले विपन्न परिवारका बाल सदस्यहरुका लागि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
     युवा साकोसको गरिबी न्यूनीकरण उप समितिले प्रत्येक वर्ष गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिदै आएको बताएको छ । साकोसले लामो अवधि छात्रवृत्ति कार्यक्रम अन्तर्गत दुई जना बालसदस्यलाई विद्यालय तह अध्ययन गरुन्जेल निरन्तर छात्रवृत्ति प्रदान गर्दै आएको छ । सोहि कार्यक्रम अन्तर्गत गत शनिबार बनेपा नगरपालिका वडा न १४ का रोजन खत्री र ममता राउतलाई ६÷६ हजार नगद तथा स्टेसनरी छात्रवृत्ति स्वरुप प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष उदयराम कायस्थ, संचालक समिति सदस्य तथा गरिबी न्यूनीकरण उपसमिति संयोजक देवकी दुलाल, संचालक समिति सदस्य कौशलराज खड्का, गरिबी न्यूनीकरण उपसमिति सदस्य नवराज ढकाल, यशोदा आचार्य, व्यवस्थापक निश्चल सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा व्यवस्थापक निश्चल सापकोटाले युवा साकोस सहकारीको सिद्धान्त अनुरुप सहकार्यमा विस्वास राख्ने सस्था भएकाले सदस्यहरुका आवश्यकतालाई ध्यानमा राख्दै सदस्यहरुसंग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए । कार्यक्रममा गरिवी न्यूनीकरण उपसमिति संयोजक देवकी दुलालले युवा साकोसले कमजोर आर्थिक अवस्था भएका सदस्यहरु, उद्यमशील सदस्यहरुका लागि विभिन्न किसिमका सीपमूलक तालिमहरुको आयोजना गर्दै आइरहेको स्मरण गराउदै ति तालिममा सिकेका ज्ञान, सिपलाइ प्रयोग गरि व्यावसायी बन्न प्रेरित गरेकी थिईन् । 
    कार्यक्रममा संस्थाका अध्यक्ष तथा सभापति उदयराम कायस्थले संस्थालाई यो अबस्था ल्यााउन सहयोग पु¥यााउनु हुने सम्पूर्ण सदस्य, कर्मचारी विभिन्न सघं सस्थाहरुलाई आभार व्यक्त गर्दे आगामी दिनहरुमा पनि यस्तै सहयोग निरन्तर पाइरहने अपेक्षा व्यक्त गरेका थिए ।