2026 April 17/ 12:39: 51pm

चित्र तमाङ/रोशी
    पहिलो राष्ट्रिय डब्लुआईकेएफ महिला पुरुष कराँते कुमाइते तथा काता प्रतियोगिता काभ्रेको रोशी गाउँपालिकामा सम्पन्न भएको छ ।
     प्रतियोगितामा ७ वटै प्रदेशमा २०० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । रोशी गाउँपालिकाको प्रगतीकिरण अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रम दुइदिन सम्म सन्चालन भएको थियो । कुमाइते र काता तर्फ १५ केजी तौल समुहदेखी ६० केजी उमेर समुह भन्दा माथीका महिला तथा पुरुष खेलाडी सहभागी थिए । प्रतियोगितामा प्रगतीकिरण डब्लुआईकेएफ शाखा डोजो पहिलो, रिम्स शाखा वौद्ध दोस्रो र बुढानिलकण्ठ शाखा डोजो तेस्रो भएको थियो । प्रतियोगितामा उमेरसमुह अनुसार पहिलो दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्र मेडल प्रदान गरिएको थियो भने राइजिङ स्टार, वेष्ट प्लेयर, अनुसाशित समूह, र पहिलो, दोस्रो, तेस्रो हुने समूह लाई प्रमाणपत्र, मेडल,शिल्ड प्रदान गरिएको थियो । उद्घाटन खेलमा रोशी गाउँपालिकाका प्रमुख दल बहादुर लामा (डिबी) को प्रमुख आतिथ्यता रहेको थियो भने समापन कार्यक्रममा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्ब अध्यक्ष सुर्य बहादुर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखवुद्ध लामा, नेपाली कांग्रेस नमोवुद्ध नगर सभापती कुन्साङ लामा, वादो इन्टरनेशनल कराँते फेडेरेशनका प्रमुख मान बहादुर मोक्तान, नेपाल ओलम्पिक कमिटीका बोर्ड सदस्य लाल बहादुर लामा, प्रगतीकिरण अंग्रेजी मावि का प्राचार्य प्रदीप रेग्मी, सनराइज क्लव काभ्रेका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङ लगायतको विशेष आतिथ्यता रहेको थियो । 
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिबि लामाले खेल र खेलाडीको संरक्षण गर्न आफु र रोशी गाउँपालिका सधै प्रतिवद्ध रहेको बताए । 
    यस्तै समापन कार्यक्रमका प्रमुख अतिथी एम्नेष्टि इन्टरनेश्नल नेपालका अध्यक्ष सुर्य बहादुर अधिकारीले यस्ता खेलकुद प्रतियोगिताले अवसरबाट बन्चित खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए । डब्लुआईकेएफ वरिष्ठ प्रशिक्षक मान बहादुर मोक्तानले खेलकुदमा राजनीति हुँदा खेलाडी र खेलपे्रमीलाई अन्याय भएको बताउँदै दुःखका बिचमा पनि संघर्ष गरेर अन्तराट्रिय प्रतियोगितामा खेलाडीलाई सहभागी गराई सफलता हासिल गरेरै छाड्ने प्रतिवद्धता जनाए । ज्ञानेन्द्र कुमार तामाङले खेलले सभ्य र समृद्ध समाज निर्माण गर्नुका साथै मानसिक रुपमा तन्दुरुस्त र राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्थापित गराउन सहयोग गर्ने बताए । खेलकुद कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर, संगितकार एवं गायक विशाल थिङ र हिमाल एसियन कल्चरले मनोरन्जनात्मक प्रस्तुती प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा समग्र खेल क्षेत्रको विकासका लागि भन्दै प्रगतिकिरण अंग्रेजी माविले पैसठ्ठी हजार, नेपाली कांग्रेस नमोवुद्ध नगरसभापती कुन्साङ लामाले एकाउन्न हजार र अन्य २० जनाले आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा डब्लुआइकेएफ प्रगतीकिरण डोजो अध्यक्ष सुमन न्यौपानेको सभापतित्व रहेको थियो भने कार्यक्रम सन्चालन सञ्चारकर्मी विकास तिमल्सिनाले गरेका थिए ।